कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

पूर्वराजपरिवार मतदानमा सहभागी नहुने - 2017-05-14
काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनमा पूर्वराजपरिवारका सदस्यले मतदान नगर्ने भएका छन्। पूर्वराजा ज्ञानेन्द्रसहित अन्य सदस्यहरुले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने पूर्वराजपरिवार निकट एक स्रोतले बतायो। हालसम्म पूर्व राजपरिवारका सदस्यहरुले नागरिकको हैसियतमा मतदान गरेको इतिहास छैन।

फेसबुकले नेपाली प्रयोगकर्तालाई दियो चुनावको ‘नोटिफिकेशन’ - 2017-05-14
काठमाडौं, ३१ बैशाख । सामाजिक सञ्जाल फेसबुकले नेपालमा आज भइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपालका प्रयोगकर्तालाई मत हाल्न प्रेरित गरेको छ । उसले मतदानमा प्रयोगकर्ताले भोट गरेको जानकारी दिन मिल्ने गरी ‘सेयर यु भोटेड’ को अप्सनसहितको स्टाटस बार राखेको छ ।

भोट हाल्न टेम्पोमा महाराजगन्ज पुगिन् रञ्जु दर्शना - 2017-05-14
काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगर प्रमुखकी उम्मेदवार रञ्जु दर्शना भोट हाल्न टेम्पो चढेर महाराजगञ्स्थित मतदान केन्द्र पुगेकी छन्। निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान गर्न दिन पासको व्यवस्था गरेअनुरुप उनले टेम्पोका लागि लिएकी हुन्।

२० वर्षपछि स्थानीय निकायका लागि मतदान सुरु - 2017-05-14
काठमाडौं, ३१ बैशाख । नयाँ संघीय संरचना अनुसार तीन प्रदेशका ३४ जिल्लामा स्थानीय तह चयनका लागि आज निर्वाचन हुँदैछ। २० वर्षपछि स्थानीय प्रतिनिधि चयन गर्न अहिले मतदान सुरु हुनै लागेको छ। काठमाडौँका मतदान केन्द्रहरूमा निर्वाचन सञ्चालन गर्ने कर्मचारीहरू बिहान ६ बजेदेखि नै खटिएका छन्।

२० वर्षपछि स्थानीय निकायका लागि मतदान सुरु - 2017-05-14
काठमाडौं, ३१ बैशाख । नयाँ संघीय संरचना अनुसार तीन प्रदेशका ३४ जिल्लामा स्थानीय तह चयनका लागि आज निर्वाचन हुँदैछ। २० वर्षपछि स्थानीय प्रतिनिधि चयन गर्न अहिले मतदान सुरु हुनै लागेको छ। काठमाडौँका मतदान केन्द्रहरूमा निर्वाचन सञ्चालन गर्ने कर्मचारीहरू बिहान ६ बजेदेखि नै खटिएका छन्।

चुनावी सुरक्षाको लागि अन्तर्राष्ट्रिय सीमा ४८ घन्टा बन्द - 2017-05-12
काठमाडौं, २९ बैशाख । गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय चुनाव हुने जिल्लासँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। चुनाव शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको बताइएको छ। गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुुुसार भारतसँग सीमा जोडिएका तराईका चितवन, मकवानपुर र चीनसँग सीमा जोडिएका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्लालगायतका जिल्लाको सीमा बन्द गरिनेछ।

तीन शर्त मात्र छ हाम्रो, पूरा नभए मधेसमा निर्वाचन हुन दिँदैनौँ - महतो - 2017-05-11
काठमाडौं, २८ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो तहको निर्वाचनका लागि तीन वटा शर्त अगाडि सार्दै शर्त पूरा नभए निर्वाचन हुन नदिने चेतावनी दिएको छ। बिहीबार रिपोर्टर्स क्लवमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्ना मागहरु पूरा नभए आफूहरुले निर्वाचनमा भाग नलिने मात्रै नभएर मधेसमा निर्वाचन हुनै नदिने बताए।

प्रचण्डले भनेः कांग्रेससँगको तालमेल रणनीतिक - 2017-05-11
नारायणगढ, २८ बैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिवतन आयोजित काँग्रेस–माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै भरतपुर महानगरका लागि दुई पार्टीको तालमेलको अर्थ देशलाई उज्यालोतिर लैजाने, एकतातिर लैजाने र विकास र समृद्धीका लागि एक बनाउने रहेको तर्क गरेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109333 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top