पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।
‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’
प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।
कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस
![]() काठमाडौं महानगरपालिकाको मत गणना सुरु भएको एक सातामा ४३ प्रतिशत मत मात्रै गणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यालयका अनुसार आइतबार २ बजेसम्म ७५ हजार ४ सय ४१ मत गणना भएको छ । कुल खसेको मतको ४३ प्रतिशत हो । महानगरको ३२ वटा वडामा १ लाख ७२ हजार ३ सय ८६ मत खसेको छ । अझै ९६ हजार ९ सय ४५ मत गणना गर्न बाँकी छ । कार्यालय अनुसार १, २ र २७ मा एमाले, २५, २८, २९, ३० कांग्रेसका उम्मेदवार विजयी भए । अहिले १३ स्थानमा ३, ४, ५, ६, ७, २२, २३, २४, २६, ३१ र ३२ वडामा मतगणना भइरहेको छ । |
|||||||||
![]() प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो चरणको स्थानीय तहको निर्वाचन ठूलो उत्सवको रुपमा सम्पन्न हुने बताएका छन्। एक कार्यक्रममा सहभागी हुन जनकपुर अाइपुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै मधेसी मोर्चाको माग आंशिक रुपमा भए पनि पूरा हुने र मधेसी मोर्चाले चुनावमा भाग लिने विश्वास व्यक्त गरे। |
|||||||||
![]() स्थानीय तह पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले) स्थानीय तहमा १०० स्थान जित्न सफल भएको छ। ३१ नगरपालिकासहित १०० स्थानमा विजय हासिल गर्दै यो निर्वाचनमा एमाले शतक पूरा गर्ने पहिलो पार्टी बनेको हो। |
|||||||||
![]() संसद्मा तेस्रो हैसियतमा रहेको सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र स्थानीय तह चुनावमा उही हैसियतमा दोहोरिने प्रारम्भिक संकेत प्रारम्भिक मतगणनामा देखिएका छन् । माओवादी केन्द्रले भने प्रतिकूल परिस्थिति र आन्तरिक/बाह्य चुनौतीबीच हुँदैन भनिएको चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक विजयका रूपमा अथ्र्याएको छ । |
|||||||||
![]() काठमाडौं महानगरपालिकामा १ हजार मत गणना गर्दा १०७ मत बदर भएको छ । यो संख्या भनेको खसेको मतको १० प्रतिशत हो । अब यही रुपमा बदर मतको संख्या कायम रहेमा मतगणना गरिसक्दा २० हजारभन्दा बढी मत बदर हुने देखिएको छ । |
|||||||||
![]() राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको उक्तिलाई सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले चरितार्थ गरिदिएका छन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । |
|||||||||
![]() बिवेकशील नेपालीको तर्फबाट मेयरकी उम्मेदवार रञ्जु दर्शनाले १० मत प्राप्त गरेकी छन् भने साझा पार्टीको तर्फबाट मेयरका उम्मेदवार किशोर थापाले १ मत ल्याएर खाता खोलेका छन् काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले बराबरी मत प्राप्त गरेका छन्। |
|||||||||
![]() मनाङको नेस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत उदविर नेपालीका अनुसार अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा एमालकै मिङ्खु गुरुङ विजयी भए । नेपालीले अधिकांश वडामा एमाले विजयी भएको बताए । घलेले ६२७ र उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद गुरुङले ४६१ मत पाए । |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT |