कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

देउवा १२ वर्षपछि सत्तामा फर्किँदै - 2017-06-06
काठमाडौं, जेठ २३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीका रुपमा पुनरागमन गर्दैछन्। मंगलबार संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनबाट देउवा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा पुनरागमन गर्न लागेका हुन्। देउवा १२ वर्ष ४ महिनापछि प्रधानमन्त्रीका रुपमा मंगलबार सत्तारोहण गर्नेछन्।

महानिर्देशक शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न एक हप्ता म्याद - 2017-06-04
काठमाडौँ, २१ जेठ विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ।

मानसिक स्वास्थ्य नीति छिट्टै आउँछः मन्त्री थापा - 2017-06-03
काठमाडौँ, जेठ २० स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताएका छन्। कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको शनिबार शिलान्यास गर्दै उनले भने, 'यो नीतिले मानसिक रोगको उपचारमा मार्ग निर्देश गर्नेछ।'

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान - 2017-06-01
काठमाडौं, जेठ १८ राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउन लागि आह्वान गरेकी हुन्।

प्रचण्डले भनेः अरुले पिठो बेचे हामीले चामल पनि बेच्न सकेनौँ - 2017-05-31
काठमाडौं, जेठ १७ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पीठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताएका छन्। बुधबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकेको बताएका हुन्।

देउवालाई प्रचण्डसँगै कमल थापाको साथ - 2017-05-30
काठमाडौं, जेठ १६ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनको प्रयास थालेको छ। कांग्रेसले सहमतीय सरकार गठनको प्रयास स्वरुप मंगलबार बिहान संसद भवन नयाँ बानेश्वरमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग सहमतीय सरकार गठनबारे छलफल गरेको हो। सर्वदलीय बैठकमा सहभागी सबै दलहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

निर्वाचन कार्यालय घेराउ गर्न जाँदा राजपाका दर्जनौ कार्यकर्ता पक्राउ - 2017-05-30
रौतहट, १६ जेठ रौतहट सदरमुकाम गौर निर्वाचन कार्यालय घेरा उगर्न जादा राष्ट्रिय जनता पार्टि नेपालका दर्जनौ नेता तथा कार्यकर्ता पक्रउ गरिएका छन । भरकर ६ दल मिलेर बनेको राजपाले लगातार सबिधान संशोधनमा जोड दिदै आइरहेको राजपा बिना संविधान संशोधनको सरकारले मधेसमा चुनाव गराउन लागेको बिरोधमा रा.ज.पा द्वरा मंगलवार रौतहटको सदरमुकाम गौरमा रहेको निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो ।

दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय - 2017-05-29
काठमाडौं, १५ जेठ आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109402 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top