कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

सरकारले विधेयक लैजान ढिलो गरेपछि संसद बैठक ३ः३० सम्म स्थगित - 2017-06-11
काठमाडौँ, जेठ २८ सरकारले राजनीतिक दल सम्बन्धी ऐनको संशोधित विधेयक तयार पार्न ढिलाई गरेका कारण आज १ बजे बस्ने भनिएको संसद बैठक ३ः३० बजेसम्मका लागि स्थगित भएको छ।

बैठकमा कुरा मिलेन, राजपाले भन्योः अब आन्दोलनमा जान्छौँ - 2017-06-11
काठमाडौँ, जेठ २८ सिंहदरबारमा भएको सत्तारुढ दलहरुसँगको बैठक निष्कर्षहिन भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा ) नेता अनिल झाले अब आफूहरु आन्दोलनमा जानुको कुनै विकल्प नभएको बताएका छन्। हिजोको जस्तै आजको बैठकमा पनि सत्तारुढ दलका नेताहरु राजपाका मागमा निरिह देखिएको आरोप उनको छ।

प्रचण्डको एकता प्रस्ताव क्रान्तिकारीहरुलाई ध्वस्त पार्नका निम्ति: वैद्य - 2017-06-11
काठमाडौँ, जेठ २८ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको एकताको प्रस्ताव अस्वीकार गरेका छन्। अध्यक्ष वैद्यले प्रचण्डको प्रस्ताव नेपालमा क्रान्तिकारीहरुलाई ध्वस्त पार्नका निम्ति विदेश प्रतिक्रियावादीहरुद्वार निर्देशित षड्यन्त्र भएको आरोप लगाउँदै आफूहरु त्यस्तो षड्यन्त्रमा नफस्ने बताएका छन्।

गौर नगरपालिकाको मेयर पदमा समाज सेवी अर्चना यादवको स्वतन्त्र उम्मेदवारी - 2017-06-10
रौतहट, २७ जेठ । आसन्न दोश्रो चरणको स्थानिय तहको चुनाव असार १४ हुने पक्का भए पछि गौर नगरपालीका सहित विभिन्न नरगपालीका र गाउँपालिकामा उमेदवारी घोषणा धमाधम भईरहेको अवस्थामा समाज सेवी अर्चना यादवले पनि गौर नपाको प्रमुख ९मेयर० पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैनः महतो - 2017-06-10
राजविराज, जेठ २७ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्।

ऐनले देखायो राजपालाई चुनावको बाटो - 2017-06-08
काठमाडौं २५ जेठ संसदले स्थानीय तह निर्वाचनसम्बन्धि पहिलो संशोधन विधेयक, २०७४ लाई पारित गरेको छ। बिहीबार संसदकाे दाेस्राे बैठकले ‘स्थानीय तह निर्वाचन ( पहिलो संशोधन ) विधेयक, २०७४ बहुमतले पारित भएकाे हाे। विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन बाटो खुलेको छ। सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा भाग लिन सहज हुने गरी ऐनमा संशोधन गरेको हो।

नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि - 2017-06-07
काठमाडौँ, जेठ २४ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सहिद स्मारक पुगी सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

प्रधानमन्त्री देउवाद्वारा ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण - 2017-06-07
काठमाडौं, जेठ २४ प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण गरेका छन्। बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथग्रहण गरेका प्रधानमन्त्री देउवाले दुईवटा निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109356 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top