कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

राष्ट्रपतिको शपथ अपरान्ह ४ बजे - 2018-03-14
काठमाडौं फागुन ३० राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ ग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ। शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीको शपथ ग्रहण हुन लागेको हो। प्रधानन्यायाधिस गोपाल पराजुलीले नव निर्वाचित राष्ट्रपतिलाई शपथ ग्रहण गराउनेछन्। भण्डारी दोस्रो कार्यकालका लागि मंगलबार राष्ट्रपति निर्वाचित भएकी थिइन्।

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर - 2018-03-13
काठमाडौँ फागुन २९ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ। कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी दिए।

बानेश्वरमा मतदान चलिरह्यो, शीतल निवासमा राष्ट्रपतिले निर्देशन दिइरहिन् - 2018-03-13
काठमाडौै फागुन २९ बानेश्वरस्थित संसद भवनमा मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पदकी प्रत्यासी कुमारी लक्ष्मी राई उपस्थित भईन्। मतदाताको रुपमा रहेका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुसँग आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउने गरी मतदान गर्न आग्रह गरिन्।

राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, केही बेरमै मतगणना शुरु हुँदै - 2018-03-13
काठमाडौं फागुन २९ राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न भएको छ। मंगलबार संसद भवन नयाँ वानेश्वरमा भएको निर्वाचनमा प्रदेशसभाका ५३६ सांसदले मतदान गरेका छन्। संघीय संसदका ३ सय २६ र प्रदेशसभाका ५३६ गरी ८ सय ८० मतदातामध्ये १८ सांसद मतदानमा अनुपस्थित थिए।

दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुनु पर्छ - ओली - 2018-03-12
फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले यूएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने बताएका छन्।

जनताको घरदैलोमा सरकार मात्र पुग्यो अब विकास पनि पुर्‍याउनुहोस्ः चन्द - 2018-03-12
भक्तपुर फागुन २८ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिको उत्थानलाई प्राथमिकता दिन्छौंः मुख्यमन्त्री राउत - 2018-03-12
फागुन २८ प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिहरु अर्थात अपाङ्गको उत्थानका लागि पर्याप्त कार्य हुन नसकेको बताएका छन्।

नेपालमै नरहेका डा भट्टराईद्वारा ओलीलाई भोट नदिने घोषणा! - 2018-03-11
फागुन २७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्य सबैजसो पार्टीले ओलीलाई विश्वासको मत दिने भएपनि प्रतिनिधि सभामा एक सिटमात्र रहेको नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भने ओलीको पक्षमा मतदान नगर्ने भएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109353 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top