कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ - 2017-06-21
धनकुटा, असार ७ स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले धनकुटाका विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । चार जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । यसक्रममा मंगलबार राति हिले बजारबाट उक्त पार्टीका युवा संगठनका सदस्य कर्ण ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ ।

खोटाङमा वडाध्यक्ष उम्मेदवारको घरमा बम बिस्फोट, एक घाइते - 2017-06-21
खोटाङ, असार ७ खोटाङमा एक वडाध्यक्षका उम्मेदवारका घरमा बम विस्फोट भएको छ। रुपाकोट मझुवागढी नगरपालिका—८ दोर्पाचिउरीडाँडाका वडा अध्यक्ष उम्मेदवार लीला चौहानको घरमा बम बिस्फोट भएको हो।

मनोनयनमा बाधा पुर्‍याउने राजपाका केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा - 2017-06-18
धनगढी, असार ४ उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

राजपाकी कोषाध्यक्ष यादव एमालेमा प्रवेश, भन्छिन्– पुरानै घर फर्किएँ - 2017-06-18
काठमाडौं, असार ४ राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश गरेकी छिन्। पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव र राजपाकै केन्द्रीय सदस्य राजेश्व्र महासेठलाई एमालेमा प्रवेश गरेका हुन्। मधेस केन्द्रीत ६ दलबीच एकीकरण हुँदा यादव तमलोपाकी कोषाध्यक्ष थिइन्।

निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजियोः थापा - 2017-06-15
काठमाडौँ, असार १ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र राजपा बीच भएको दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफनो असन्तुष्टि व्यक्त गरेका हुन्।

२ नम्बर प्रदेशको निर्वाचन सर्‍यो - 2017-06-15
काठमाडौं, असार १ सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको मा‌ओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।

मधेसको मुद्दा छाडेर उपेन्द्र केपी ओलीको कित्तामा : महतो - 2017-06-15
रौतहट, असार १ राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले उपेन्द्र यदवाले मधेसका मुद्दा छाडेको आरोप लगाएका छन्। प्रेस मञ्च नेपाल रौतहटले बुधबार बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले उपेन्द्र यादव एकाएक मधेसको मुद्दा छाडेर केपी ओलीको लाइनमा उभिन पुगेको बताए।

प्रदेश नम्बर २ र ५ को निर्वाचन मिति सर्ला त? - 2017-06-14
काठमाडौं, जेठ ३१ ‘राजपाका साथीहरुसँग पनि यस विषयमा छलफल हुनेछ। कुनै उपायले राजपालाई निर्वाचनमा ल्याउने प्रयास जारी रहन्छ’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘उहाँहरुको इन्टेन्सन के हो भन्ने अझै बुझिएन।’

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109423 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top