कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

घरको भाडा नदिएपछि राप्रपा कार्यालयमा ताला - 2017-07-25
काठमाडौं १० साउन घरको भाडा नदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति लमजुङको बेंसीसहरस्थित कार्यालयमा घरबेटीले ताला लगाइदिएका छन्।

संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने निर्णय - 2017-07-25
काठमाडौं १० साउन कांग्रेसले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने निर्णय लिएको छ। तीन दिनदेखि चलेको केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले संशोधन विधेयक पारित गर्न सहयोगका लागि सबै राजनीतिक दलसँग आग्रहसमेत गरेको छ।

यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका - 2017-07-20
काठमाडौँ, साउन ५ निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ।

नयाँ शक्ति र फोरम एकता हुँदै - 2017-07-20
काठमाडौं, साउन ५ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।

स्थानीय निर्वाचनको दोस्रो चरणमा कुन दलको मत कति? - 2017-07-17
काठमाडौं, साउन २ स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भयो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा २९ स्थानमा बढी जीत हात पार्दै एमालेले आफूले जितेको स्थान २७६ पुर्यायो।

कस्ता छन् नयाँ प्रधानन्यायाधिश पराजुली ? - 2017-07-17
काठमाडौं, साउन २ प्रस्तावित प्रधानन्यायाधिशका रुपमा सुनुवाइका लागि संसदीय समितिमा उपस्थित हुँदा हिजो गोेपाल पराजुली जति हंसमुख र आश्वस्त देखिएका थिए, त्यो भन्दा बढी आज सपथग्रहणमा विश्वस्त र चपल देखिए।

बाबुराम र उपेन्द्रको संयुक्त वक्तव्यः पुरानै निर्वाचन क्षेत्र हामी मान्दैनौं - 2017-07-16
काठमाडौं, साउन १ नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले संयुक्त वक्तव्य जारी गर्दै आफूहरुलाई २ सय ४० निर्वाचन क्षेत्र मान्य नहुने बताएका छन्। यी दुई पार्टीले संघीय संसदभन्दा पहिला प्रदेश तहको चुनाव गर्न सरकारसँग माग पनि गरेका छन्।

संसदको म्याद एक वर्ष थप्ने हल्ला निराधारः निधि - 2017-07-16
काठमाडौं, साउन १ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एक–दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन्। कांग्रेसका तर्फबाट मन्त्रालय बाँडफाँडको कार्यदलमा रहेका नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट स्वदेश फर्किए लगत्तै मन्त्रालय बाँडफाँडको काम टुंग्याएर मन्त्रिमण्डल बिस्तार गरिने बताएका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109421 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top