कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

एक्लिँदै बाबुराम, नयाँ शक्तिका नेताहरू धमाधम पुरानै पार्टीमा फर्किंदै - 2017-08-10
काठमाडौं, साउन २६ ०७२ साल असोज ९ गते डा. बाबुराम भट्टराईले बानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट तत्कालीन एकीकृत माओवादी परित्याग गरे। उनले पार्टीको साधारण सदस्य र संसदको सदस्यबाट समेत राजिनामा दिए। त्यसैदिन पुष्पकमल दाहाल प्रचण्डसँगको ३ दशक लामो सम्बन्धमा उनले ‘ब्रेक’ लगाए। र यात्रा थाले, उनकै शब्दमा ‘वैकल्पिक राजनीति’को।

सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह - 2017-08-10
काठमाडौँ, साउन २६ प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन्।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौँमा - 2017-08-10
काठमाडौँ, साउन २६ बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आइपुगेकी छन्। बिहीबारबाट सुरु हुने १५ औँ बिम्स्टेक बैठक दुई दिनसम्म चल्नेछ।

कमल थापालाई छोडेर पशुपतिको पार्टीमा लागिन् रेखा - 2017-08-08
काठमाडौं, साउन २४ राप्रपाकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेकी छिन्। विभाजन हुँदा राप्रपामै रहेकी रेखा मंगलबार नेता पशुपति शम्शेर जबराको नेतृत्वमा गठित राप्रपा प्रजातान्त्रिकतिर लागेकी हुन्।

चुनावमा जाने–नजानेबारे राजपा अध्यक्ष मण्डलमै मतभेद - 2017-08-08
काठमाडौं, साउन २४ राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख नेताहरूबीच स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जाने वा नजाने भन्नेबारेमा मतभेद देखिएको छ। राजपाको अध्यक्ष मण्डलका सदस्यहरू नै चुनावलाई लिएर विभाजित देखिएका हुन्।

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी, २ सय ३ मतको फरक - 2017-08-05
चितवन/२१ साउन / भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल २ सय ३ मतान्तरले विजयी भएकी छन्। दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे।

दुई नम्बर प्रदेशको चुनावी अभियानः प्रमुख दल तराईमा, राजपा राजधानीमा - 2017-08-04
चितवन, साउन २० प्रमुख तीन ठूला दल स्थानीय तहको निर्वाचनका लागि दुई नम्बर प्रदेशमा व्यस्त भएका छन्। आगामी असोज २ गते हुने दुई नम्बर प्रदेशका आठ जिल्लामा प्रमुख राजनीतिक दलहरुले चुनाव केन्द्रित कार्यक्रमलाई तिब्रता दिएका छन्। चुनाव आउन झण्डै एक महिनाभन्दा बढी रहँदै प्रमुख दलहरु दुई नम्बर प्रदेश झरेका हुन्।

भरतपुर–१९ मा पुनः मतदान बिहानैदेखि सुरु - 2017-08-04
चितवन, साउन २० पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान सुरु भएको छ। बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109387 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top