कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

गैरपत्रकार खारेज गर्न अभियान चलाइन्छः आचार्य - 2017-08-24
भक्तपुर, भदौ ८ नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्।

राष्ट्रिय एकतालाई बलियो बनाउन पत्रकारको भूमिका महत्वपूर्णः पौडेल - 2017-08-23
काठमाडौँ, भदौ ७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय एकतालाई बलियो बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

राहतमा राजनीति नगर्न स्वस्थ्यमन्त्री पोखरेलको आग्रह - 2017-08-23
महोत्तरी, भदौ ७ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढी पीडितलाई प्रदान गरिने राहतमा राजनीति नगर्न आग्रह गरेका छन्। बुधबार महोत्तरीका बाढी पीडितको अवस्थाका बारेमा जानकारी लिन पुगेका मन्त्री पोखरेलले बाढी र पहिरो पीडितहरुलाई मानवीय संवेदनाका हिसाबले सहयोग गर्न आग्रह गरे।

निधिले पाए कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी - 2017-08-23
काठमाडौं, भदौ ७ नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी नेता विमलेन्द्र निधिले पाएका छन्। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बुधबार भारत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

बाढी पीडितलाई माओवादी केन्द्रले गर्‍यो ३५ लाख सहयोग - 2017-08-23
काठमाडौँ, भदौ ७ नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी/पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।

एमालेको दम्भका कारण संशोधन विधेयक फेल भएको माओवादीको निष्कर्ष - 2017-08-22
काठमाडौँ, भदौ ६ नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेको दम्भका कारण संविधान संशोधन विधेयक फेल भएको निष्कर्ष निकालेको छ।

संशोधन विधेयक पारित हुनेगरी ल्याइएकै होइनः उपेन्द्र यादव - 2017-08-21
काठमाडौँ, भदौ ५ संघीय समाजवादी फोरम नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नेगरी नल्याइएको बताएका छन्। यद्यपि उनले आफ्नो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने बताए।

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तयः सिमानाका बाँध प्राथमिकतामा - 2017-08-21
काठमाडौँ, भदौ ५ प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा उठाउने एजेन्डा तय भएको छ। सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भारत भ्रमणका एजेन्डा तय गरेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109341 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top