कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

यी हुन् २ नम्बर प्रदेशका एमालेका उम्मेदवार (सूचीसहित) - 2017-09-05
काठमाडौं, भदौ २० नेकपा एमालेले दुई नम्बर प्रदेशका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ। मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले अहिलेसम्म टुंगो लगाएका स्थानीय तहका उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

प्रदेश नम्बर २ को चुनावी तयारी पूरा : आयोग - 2017-09-04
काठमाडौं, १९ भदौ प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न हुन्छः प्रधानमन्त्री - 2017-09-04
काठमडौँ, भदौ १९ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नं २ अन्तर्गतको स्थानीय तह र प्रदेश तथा संघीय संसद्को निर्वाचन तोकिएकै समयमा स्वतन्त्र, स्वच्छ र भयरहित रुपमा सम्पन्न गराउने विषयलाई प्रमुख प्राथमिकतामा राखी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

राजपाभित्र गन्जागोलः महासचिवविहीन ‘राजनीतिक समिति’ बनाएपछि असन्तुष्टि बढ्यो - 2017-09-03
काठमाडौं, भदौ १८ तराई मधेस केन्द्रीय ६ दल मिलेर बनेको राजपा नेपालभित्र एकपछि अर्को असन्तुष्टि बढ्न थालेको छ।

एमालेका विरुद्ध सबै प्रकारका मोर्चाबन्दी भएका छन्ः ओली - 2017-09-03
चितवन, भदौ १८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका विरुद्धमा सबै प्रकारका मोर्चाबन्दी भइरहेको बताएका छन्।

हजारौ हजार भन्दा बढि नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश - 2017-09-01
रौतहट, १६ भदौ जिल्लामा विभिन्न पार्टी परित्याग गरी हजारौ हजार भन्दा बढि नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रौतहट जिल्लामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको समाचार स्रोतले जनाएको छ ।

२ नम्बर प्रदेशको निर्वाचनमा पनि एमाले पहिलो पार्टीको रुपमा विजयी हुने नेता नेपालको दाबी - 2017-09-01
चितवन, १६ भदौ नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले दुई नम्बर प्रदेशको निर्वाचनमा पनि पहिलो पार्टीको रुपमा विजयी हुने दाबी गरेका छन्। भ्रष्टाचार काण्डमा मुछिएकालाई चुनावमा लड्ने व्यवस्था हुनुपर्ने माग कांग्रेसले राखेको भन्दै नेता नेपालले कांग्रेसले सधैं राष्ट्रको शिर निहुँर्‍याउनने काम गर्ने गरेको आरोप लगाए ।

कांग्रेसले प्रदेश नम्बर २ का सबै उम्मेदवार टुंगो लगायो - 2017-08-31
काठमाडौं, भदौ १५ सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109379 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top