कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
माधवनारायण नगरपालिकावार्ड न. १ साबिक गाबिस दिपही को अध्यक्षमा काङ्ग्रेस का गनधिर यादव बिजयी l

चन्द्रपुर नगरपालिकामा एमालेको अग्रता बढयो - 2017-09-19
रौतहट, असोज ३ रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ। चन्द्रपुर नगरपालिमा एमालेले एमाले ६१६ मतसहित अग्रता कायम गरेको छ भने कांग्रेस ५९६ र माओवादी ४६० मतसहित एमालेलाई पछ्याइरहेका छन्।

अहिले सम्म गौरमा रजपाको अग्रता, गरुडामा एमालेको अग्रता र चन्द्रपुरमा माओवादीको अग्रता - 2017-09-19
रौतहट, असोज ३ रौतहट जिल्लामा जम्मा १८ वटा स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ ।

पर्साको ठोरी गाउँपालिका–१ मा माओवादीका उम्मेदवार राम प्रकाश कॅुवर विजयी - 2017-09-19
पर्सा, असोज ३ पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

पर्साको पटेर्वासुगौली-१ मा एमालेको प्यानलै विजयी - 2017-09-19
पर्सा, असोज ३ पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन्।

प्रदेश नं. २ मा मतगणना जारी, कसले कहाँ लिइरहेका छन् अग्रता? - 2017-09-19
दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ। केही स्थानीय तहको गएरातिदेखि नै मतगणना सुरु भएपनि अधिकांशको भने मंगलबार बिहानबाट मतगणनाको काम सुरु भएको हो। प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ।

निर्बाचन आयोग पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल समेत लाइ मतदाता शिक्षा दिन सकेन , आम जनता को त् कुरै छाडौं l मतदाता शिक्षाको नाममा रौतहटमा निर्बाचन आयोग तथा बिभिन्न डलर बाल संस्थाले गरेको खर्च असुल उपर गर्नु पर्ने l - 2017-09-18


रौतहटका प्रमुख निर्बाचन अधिकृत लेखनाथ ढकाल लाइ सरकार ले तत्काल कारबाही गर्नु पर्ने , रौतहटका कतिपय मतदान केन्द्रमा ९ बजे सम्म मतपेटिका तथा स्वस्तिक छाप नपुगेको अबस्था l - 2017-09-18


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109415 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top