कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

सर्लाहीका ११ नगरपालिकाको पछिल्लो मतपरिणाम - 2017-09-20
असोज ४ सर्लाहीका २० वटै स्थानीय तहको मतगणना जारी छ। ११ वटा नगरपालिका रहेको सर्लाहीमा एमाले ३, माओवादी केन्द्र ३, कांग्रेस २, राजपा २ र संघीय समाजवादी फोरम नेपाल एक वटा नगरपालिकामा अगाडि रहेका छन्।

२ नम्बर प्रदेश निर्वाचन: महानगर र तीन उपमहानगरमा पछि पर्‍यो कांग्रेस - 2017-09-20
काठमाडौं, असोज ४ दुई नम्बर प्रदेशका स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार दुई नम्बर प्रदेशमा समग्रमा धेरै स्थानीय तहमा अग्रता कांग्रेसले लिएको छ।

स्थानिय निर्बाचन अपडेट : रौतहट - 2017-09-20
रौतहट राजदेवी नगरपालिका वडा नम्बर ०२ को वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालको उम्मेदबार सनुप महतो बिजयी l

गौर नगरपालिका वडा नम्बर ०२ मा राकेश झा बिजयी - 2017-09-20
गौर/ रौतहट को सब भन्दा पुरानो नगरपालिका गौर नगरपालिकाको वडा नम्बर ०२ बाट राजपा नेपालका उम्मेदबार राकेश कुमार झा बिजयी हुनु भएको छ l साबिक वडा नम्बर ०३ र ०४ गरि बनेको वडा नम्बर ०२ मा ३७१ मत ल्याएर बिजयी हुनु भएको हो l वहाँ को निकट तम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदबार राजिनंद साह को २४४ मत रहेको छ l

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
रौतहट बौद्धि माइ नगरपालिका वडा नं १ मा स्वतन्त्र बाट उम्मेदबारी दिएका गुदर राय वडाध्यक्ष मा बिजयी l

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं १ मा माओबादि केन्द्र बाट वडाध्यक्ष मा संजय साह बिजयी l

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
रौतहट गढीमाइ नगरपालिका वडा नं १ साबिक गाबिस समनपुर को वडाध्यक्ष मा नेपाली कांग्रेस बाट रामबिनय यादब बिजयी l

स्थानिय तह निर्बाचन अपडेट : रौतहट - 2017-09-19
रौतहट को मौलापुर नगरपालिका वडा नम्बर १ मा माओबादी केन्द्र का राम प्रवेश यादव बिजयी !

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109348 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top