पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।
‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’
प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।
कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस
![]() नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने बताएका छन्। सोमबार राजधानीमा वाइसिएलको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानान्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको वाम गठबन्धन निरन्तरतामा क्रमभङ्ग भएको बताए। |
|||||||||
![]() राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन्। गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्। |
|||||||||
![]() आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ। एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए। |
|||||||||
![]() नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये ८० भन्दा बढी सिट लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई दिने तयारी गरेको छ। मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल वाम गठबन्धन बनाएर चुनावमा जाने भएपछि कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने निष्कर्षमा पुगेको हो। |
|||||||||
![]() नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई आफूले पार्टी एकताको प्रस्ताव राखेको दावी गरेका छन्। शनिबार राजधानीमा जारी पोलिट्ब्युरोको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘एमालेले माओवादीलाई फसाएको भन्ने तपाईंहरुलाई लाग्ला तर त्यस्तो नसोच्नुहोला’, उनले भने, ‘यसपटक पार्टी एकताको प्रस्ताव मैले नै राखेको हो,एमालेले होइन।’ उनले थपे, ‘नेतृत्वलाई कहाँ लगेर फसाइयो भन्ने कुरा तपाईंलाई लाग्छ भने त्यो गलत हो।’ |
|||||||||
![]() कांग्रेसले अगुवाइ गरिरहेको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधि पठाएको राप्रपा अध्यक्ष कमल थापा अझै पनि कुन गठबन्धन रोज्ने भन्नेमा दोधारमा देखिएका छन्। गठबन्धनका दलहरु सिट वाँडफाँटमा लागिरहेका बेला शुक्रबार अवेर मात्र नेता थापाले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर ‘राप्रपालाई सम्मानजनक सिट दिएमा वाम गठबन्धनलाई सघाउने’ प्रस्ताव राखे। |
|||||||||
कांग्रेस, एमाले र माओवादी केन्द्रले गरे उम्मेदवारको नाम सिफारिस - 2017-10-07 देशमा विभिन्न राजनीतिक दलबीच चुनावी एकता र राजनीतिक ध्रुवीकरण बढिरहेको अहिलेको अवस्थामा उदयपुर जिल्लामा भने ठूला तीनवटा राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते प्रदेश र केन्द्रको चुनावको लागि पार्टीको तर्फबाट सम्भावित उम्मेदवारको नाम निर्धारण गरेका छन्। |
|||||||||
शनिबारदेखि काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको छ। अहिलेसम्म बैठकमा नेताहरु रामबहादुर थापा 'बादल', कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ले बोलेका छन्। उनीहरुले वामपन्थी एकता अवसर र खतरा दुवै भएको बताएका छन्। |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT |