कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

आज समानुपातिक उमेदवारीको बन्द सूचि दर्ता(कार्यतालिकासहित) - 2017-10-15
काठमाडाै‌, असोज २९ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उमेदवारहरूको बन्दसूची पेश गर्ने काम आइतबार हुँदैछ। निर्वाचन आयोगमा दर्ता भएका ८८ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने १ सय १० तथा प्रदेशसभाको समानुपातिकतर्फ चुनिने २ सय २० पदका लागि उम्मेदवारहरूको बन्दसूची पेश गर्दै छन्।

निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन - 2017-10-13
काठमाडौँ, असोज २७ प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

एमाले र माओवादी केन्द्रका कारण रोकियो चिकित्सा शिक्षा विधेयक - 2017-10-13
काठमाडौं, असोज २७ सभामुख ओनसरी घर्तीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा पनि सहमति जुट्न नसकेपछि चिकिस्ता शिक्षा विधेयक संसदमा पेश हुन सकेन। चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा सहमति जुटाउने प्रयास स्वरुप शनिबार दिउँसो सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी थिइन्।

बाबुरामले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने - 2017-10-13
काठमाडौँ, असोज २७ नयाँ शक्ति पार्टीले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने निर्णय गरेको छ। नयाँ बानेश्वरको क्वालिटी ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले तालमेल भएका क्षेत्रमा बाहेक पार्टीबाट एकल उम्मेदवारी दिने निर्णय गरेको हो।

एमाले–माओवादी अडानका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुन सकेन - 2017-10-12
काठमाडौँ, असोज २६ व्यवस्थापिका संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुन सकेन। शिक्षामन्त्री गोपालमान श्रेष्ठले विधेयकमा प्रस्ताव गरेको संशोधन एमाले र माओवादीले अस्वीकार गरेपछि विधेयक पेस हुन पाएन। सभामुखको प्रयासका बाबजूद विधेयकमाथि दलहरु सहमत हुन सकेनन्।

उम्मेदवारको सुरक्षालाई प्राथमिकता देऊ- निर्वाचन आयोग - 2017-10-12
२६ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा अंगका प्रमुखलाई आग्रह गरेको छ ।

एमाले प्रवेश गर्दै सीमारक्षक देवनारायणले भने: मलाई कतिबेला मार्छन् थाहा छैन - 2017-10-12
असोज २६ सीमारक्षक देवनारायण यादव एमालेमा प्रवेश गरेका छन्। बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको पार्टी एकता तथा प्रवेश कार्यक्रममा यादवसहित मेघराज नेपाली निषद् नेतृत्वको मधेस समता पार्टी एमालेमा प्रवेश गरेका छन्।

सिट संख्या टुङ्ग्याउन ओलीलाई भेट्दै भट्टराई - 2017-10-09
काठमाडौं, असोज २३ नयाँशक्तिले पाउने सिटका सम्बन्धमा छलफल आज नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट हुने भएको छ। एमाले माओवादी केन्द्र र नयाँशक्तिबीच चुनावी तालमेल र एकताको घोषणा भएको हप्ता दिन बितिसक्दा पनि नयाँशक्तिले पाउने सिट संख्या तय नगरिँदा नयाँशक्ति असन्तुष्ट छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109360 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top