कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमाले प्रवेश - 2017-10-22
रौतहट, कार्तिक ५ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गरेका हुन् ।

३२ जिल्लामा उम्मेदवारी दर्ता हुँदै - 2017-10-22
काठमाडौं, कार्तिक ५ मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार १० बजेबाट उम्मेदवारी दर्ता हुँदैछ। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो।

भट्टराईले गोरखा २ नै पाए, कांग्रेस र नयाँ शक्तिबीच तालमेल - 2017-10-21
गोरखा, कार्तिक ४ नेपाली कांग्रेसले अन्ततः नयाँ शक्ति पार्टीसँग तालमेल गर्दै गोरखा २ बाट बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएको छ। गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको कांग्रेस उच्च स्रोतले जनायो। तर भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो लागेको छैन।

पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आयोः प्रधानमन्त्री - 2017-10-20
भक्तपुर, कार्तिक ३ प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन्। मध्यपुरथिमिस्थित शंखधर चोकमा शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।

प्रदेश सभाका ७४ सिटको बाँडफाँट: एमालेलार्इ ४१ र माअोवादीलार्इ ३३ सिट - 2017-10-20
काठमाडौं, कार्तिक ३ नेकपा एमाले र माओवादी केन्द्रले मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनका लागि ७४ वटा प्रदेश सभाको सिट बाँडफाँट टुंगो लगाएका छन्। ३२ जिल्लाका ७४ वटा प्रदेश सभाको सिटमध्ये एमालेले ४१ र माओवादी केन्द्रले ३३ सिट लिने गरी बाँडफाँड टुंगो लगाइएको हो

ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य - 2017-10-17
काठमाडौं, असोज ३१ एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। यस्तो समझदारी नेपाली कांग्रेससँग समेत गर्ने तयारी वाम गठबन्धनको शीर्ष तहमा भइरहेको जनाइएको छ। कम्तिमा तीन पार्टीका शीर्ष नेता– एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहजै विजयी हुनेगरी समझदारी गर्ने गृहकार्य भइरहेको छ।

सत्ता कब्जा गर्ने नियतले माओवादी मन्त्रीहरुले राजीनामा दिएनन्ः रमेश - 2017-10-16
काठमाडौँ, असोज ३० नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोडनुको मुख्य कारण सत्ता कब्जाको उदाहरण भएको आरोप लगाएका हुन्।

वाम गठबन्धन: उपेन्द्रप्रति किन नरम? - 2017-10-15
काठमाण्डौं, २९ असोज । एमाले र माओवादी केन्द्रले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई निर्वाचन घोषणा पत्रमार्फत समेत नजिक्याउने प्रयास गरेका छन्। ६ मधेश केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) ले सामन्तवाद र दलाल पूँजीपतिवर्गको प्रतिनिधित्व गर्ने, राष्ट्रिय आत्मसमर्पण र दलालनीतिको पक्षपोषक र समाजवादको विरोध गर्ने बताउँदै फोरमले राजपाको यो नीतिबाट आफूलाई अलग गर्न खोजिरहेको विश्लेषण एमाले र माओवादी केन्द्रले गरेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109439 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top