कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

‘म पनि नवजवान हुँ’ भन्दै ओलीले गरे ‘फोटो सेसन’ - 2017-11-14
२८ कार्तिक उमेरले एमाले अध्यक्ष केपी शर्मा ओली ६५ वर्ष पुगे। तर उनलाई आफू अझै नवजवान नै छु भन्ने लाग्दो रहेछ। त्यसैले ‘म पनि नवजवान हुँ’ भन्दै ओलीले मंगलबार दिउसो माओवादी केन्द्रका एक युवा नेतासँग फोटो सेसन नै गराए।

फोरमको घोषणापत्रमा पहिचानका आधार ११ जातीय राज्यको प्रस्ताव - 2017-11-14
कार्तिक २८ संघीय समाजवादी फोरमले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। फोरमको घोषणापत्रमा हालको सात प्रदेशको संघीय संरचनालाई खारेज गरी पहिचानका आधारमा ११ जातीय राज्य बनाउने प्रतिबद्धता गरिएको छ।

सिरहा जिससमा वाम गठबन्धन विजयी - 2017-11-14
लहान, सिरहा, कार्तिक २८ जिल्ला समन्वय समिति सिरहामा एमाले र माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। सोमबार भएको मतदानमा समन्वय समितिको संयोजकमा माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा एमालेका सरोजकुमार यादव विजयी भएका हुन्।

चुनावी अभियानमा सफा टेम्पो - 2017-11-13
काठमाडौं, कार्तिक २७ विवेकशील साझा पार्टीका सहसंयोजक तथा काठमाडौं-५ का उम्मेदवार उज्वल थापाले चुनावी अभियानमा सफा टेम्पोको प्रयोग गरेका छन्। घर दैलो तथा भेटघाट कार्यक्रममा आफू र अभियन्ताहरु टेम्पो मै जाने उनले बताए। आजै लाजिम्पाटमा अन्तरक्रिया र बाँसबारीमा घरदैलो गर्दा सफा टेम्पोकै प्रयोग गरिएको उम्मेद्वार थापाले बताए।

खोक्रो राष्ट्रवाद धेरै दिन टिक्दैनः निधि - 2017-11-12
जनकपुर, कार्तिक २६ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएका छन्। जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताए।

रोचक बन्दै धनुषा ३ को चुनावी माहोल, मतदाता आफ्नो पक्षमा तान्न निधि र महतोको होडबाजी - 2017-11-10
धनुषा, कार्तिक २४ निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ। यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ।

जिसस रौतहटको निर्वाचनमा फोरम कांग्रेस गठबन्धन विजयी - 2017-11-10
रौतहट, कार्तिक २४ रौतहटको जिल्ला समन्वयन समितिको निर्वाचन आज शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको प्राङ्गणमा भएको निर्वाचनमा काङ्ग्रेसले सभापति र उपसभापति पदमा फोरमले जित हसिल गरेको छ ।

कांग्रेस नेताको घर नजिकै प्रचण्डको नयाँ डेरा - 2017-11-10
काठमाडौं, कार्तिक २४ झण्डै एक हप्ताको प्रयासपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि नयाँ डेरा भेटिएको छ। कास्कीको लेवाडेबाट चितवन झरेपछि प्रचण्डको बसोबास रहेको शिननगर नजिकै प्रचण्डका लागि नयाँ डेरा भेटिएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109368 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top