कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

नेपाल सहभागी हुने कार्यक्रमलाई लक्षित गरी ओखलढुंगामा बम विस्फोट - 2017-11-18
मंसिर २ वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी ओखलढुंगामा शनिबार बिहान बम विस्फोट गरिएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार - 2017-11-18
गोरखा, मंसिर २ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ। पौडेलमाथि तनहुँको भानु नगरपालिका १०, कालीमाटीमा बम प्रहार भएको नेपालखबरका संवाददाता प्रशन्न पोखरेलले जानकारी दिएका छन्। बम प्रहारबाट पौडेलको गाडीमा सामान्य क्षति भएको छ।

भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त : २ प्रहरी घाइते - 2017-11-18
भोजपुर, मंसिर २ भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने गाउँमा राखेको टाइम बम हटाउने क्रममा प्रहरीको बम राख्ने गिरोहसँग दोहोरो भिडन्त भएको हो।

कांग्रेसलाई उपेन्द्र यादवको प्रस्ताव,‘समय बाँकी छ, चुनावी तालमेल गरौं’ - 2017-11-17
सप्तरी, मंसिर १ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई समय अझै बाँकी रहेको भन्दै चुनावी तालमेलका लागि आग्रह गरेका छन्। लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताएका हुन्।

दुई नम्बर प्रदेशमा कांग्रेस, फोरम र राजपाबीच सहमति हुन्छः गच्छदार - 2017-11-17
विराटनगर, मंसिर १ उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन्।

गोरखामा बाबुरामको प्रचारसामग्री प्रहरीले च्यातेको लोकतान्त्रिक गठबन्धनको आरोप - 2017-11-16
गोरखा, कार्तिक ३० राजनीतिक दल र पत्रकारहरुबाट सुझाव लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार बिहान गोरखामा राखेको बैठकमा गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उमेदवार डा. बाबुराम भट्टराईको प्रचार सामग्री प्रहरीले च्यातेको र निर्वाचनमा खटिएका कर्मचारी बढीजसो वाम गठबन्धनको मात्रै भएको विषय उठेपछि चर्काचर्की भएको छ।

'वामपन्थी सरकार बन्यो भने अमेरिका, युरोपेली युनियन र भारतले नेपाललाई सहयोग गर्दैनन्' - 2017-11-16
कार्तिक ३० ‘वामपन्थीहरुले जिते भने कस्तो अवस्था होला, तपाईंलाई थाहा छँदैछ। वामपन्थीहरुको सरकार बन्यो भने देशको उन्नति हुन्न, युरोपियन युनियन, अमेरिका कसैले सहयोग गर्दैनन्। भारतले पनि उदारतासाथ सहयोग गर्दैन। सहयोग गर्‍यो भने चीनले अलिअलि गर्ला। तर, त्यत्तिले मात्र देशको विकास हुँदैन। देशमा ठूलो समस्या उत्पन्न हुन्छ। यो कुरा तपाईंलाई थाहा छँदैछ।’

ओलीसँगै गोरखा पुगेका डा. उपेन्द्र देवकोटा नारायणकाजीको पक्षमा खुले - 2017-11-15
काठमाडौं, कार्तिक २९ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग गोर्खा–२ मा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भट्टराई शैक्षिक प्रतिस्पर्धी डा उपेन्द्र देवकोटाकोे साथ पाएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109386 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top