कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

कांग्रेस नेता स्व खड्काको पार्थिव शरीर शनिबार साँझ ल्याइँदै - 2018-03-31
काठमाडौं चैत १७ शुक्रबार दिवंगत नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार साँझमात्र काठमाडौं ल्याइने भएको छ। स्व खड्काका छोरा अनुराग खड्का बेलायतमा रहेकाले स्व खड्काको पार्थिव शरीर काठमाडौं ल्याउन ढिलाई भएको हो।

स्थानीय तह सफल भएमात्रै देश सफल हुन्छः प्रधामन्त्री - 2018-03-31
काठमाडौं चैत १७ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीइ तहमा युवा र महिलाको संख्या उल्लेख्य रहेको भन्दै तीव्र गतिमा काम हुनेमा आफू आशावादी रहेको बताए।

शिक्षक आयोगद्वारा चैत २३ को परीक्षा अनिश्चितकालका लागि स्थगित - 2018-03-30
काठमाडौं चैत १६ काठमाडौं । शिक्षक सेवा आयोगले चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ४७ पत्र अनुसार परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।

उपेन्द्र यादव भन्छन्ः भारत भ्रमणअघि गएनौं भने ओली सरकारमा कहिल्यै जाँदैनौं - 2018-03-30
काठमाडौं चैत १६ प्रधानमन्त्री केपी ओली चैत २३ गते भारतको तीन दिने भ्रमणमा निस्कँदै छन्। सरकारले भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ।

उज्जन श्रेष्ठको शालिक अनावरणमा जनार्दन जाने भएपछि माओवादी कार्यकर्ता आक्रोशित - 2018-03-29
काठमाडौँ चैत १५ माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका ओखलढुंगाका उज्जन श्रेष्ठको शालिक अनावरणमा जनार्दन शर्मा जाने भएपछि माओवादी केन्द्रका कार्यक्रता आक्रोशित बनेका छन्।। माओवादी कार्यकर्ताले शर्मालाई कार्यक्रममा नजान खबरदारी गरिरहेका छन्।

राष्ट्रपति भण्डारीले संघीय संसद्लाई आज पहिलो संवोधन गर्ने - 2018-03-29
काठमाडाै‌ चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मालाई आज पहिलो सम्बोधन गर्दै छिन्। संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन्।

सरकारद्वारा २२ दिन विदा कटौती, २०७५ सालमा ८९ दिन विदा - 2018-03-29
काठमाडौं चैत १४ सरकारले २२ दिन विदा कटौती गर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदा कटौतीको निर्णय गरेको हो।

माओवादीसँगको एकताबारे बाबुरामले भने, ‘हामी दूध हौं, पानीमा मिसिने कुरा हुँदैन’ - 2018-03-27
नेपालगन्ज चैत १३ नयाँ शक्ति पार्टीका सांयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएका कारण ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग एकतामा नजाने बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109412 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top