पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।
‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’
प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।
कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस
![]() मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि गाउँ तथा शहर चुनाव प्रचार सामग्रीले बेहुलीझैँ सिंगारिएका छन् त्यस्ता समग्री तुरुन्त हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। |
|||||||||
![]() संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असामानता तथा भेदभाव अत्य नभएसम्म तराई– मधेसको विकास हुन नसक्ने बताएका छन्। |
|||||||||
![]() एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका हुन्। |
|||||||||
कांग्रेसका कारण नाकाबन्दी लाग्यो, मैले खुलाएँ - ओली - 2017-11-24 एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका हुन्। |
|||||||||
![]() राष्ट्रिय जनता पार्टी(राजपा)ले दक्षिणी छिमेकी भारतसँग ‘पारिवारिक’ र अर्को उत्तरी छिमेकी चीनसँग ‘घनिष्ट’ सम्बन्ध राख्नुपर्ने आफ्नो विदेश नीति सार्वजनिक गरेको छ। |
|||||||||
![]() राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गरेका छन्। |
|||||||||
![]() राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या सहतिको घोषणापत्र ल्याएको छ । |
|||||||||
![]() बारमा ठूला दलले चुनावमा महिलालाई टिकट नदिँदा महिला नेतृहरु रुष्ट बनेका छन्। बारामा मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुँदैछ। बाराका चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलले प्रत्यक्षतर्फ महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिँदा महिला नेत्रीहरु रुष्ट बनेका हुन्। |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT |