कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

हामीले नेपाललार्इ टुक्र्याउन खोजेका छैनौं: ठाकुर - 2017-11-30
महोत्तरी, मंसिर १४ राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेशवादी नेताले नेपाललार्इ टुक्रयाउन नखोजेको बताएका छन्। महोत्तरी-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका ठाकुरले आज जलेश्वरमा आयोजित एक चुनावीसभालार्इ सम्बोधन गर्दै आफुरुहरुले नेपाललार्इ टुक्र्याउन नखोजेको बताएका हुन्।

मधेशी जनता होसियार, कोठिवला कि समाजवला ? - 2017-11-30
रौतहट, १४ मंसिर । मधेशको नाममा राजनिति गर्ने र मधेशकै जनताको छोरो हुँ भनेर भासन ठोकनेहरु नै मधेशी जनतालाई एतिखेर भोट मागदै झुक्काइ रहेको छन् । न त कुनै विकास नतकुनै प्रगति जातिय राजनितिबाट नेपाली काग्रेसबाट विजयी पूर्व सभासद २०६५ साल फाल्गुन २० गते वेश्या कोठीमा प्रहरीबाट रंगेहात पक्राउ परेका कृष्णा यादव रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु मधेशी जनताको हित हो या होईन् समग्र मधेशले बुझनु जरुरी छ ।

ओलीले रवीन्द्र मिश्रलाई भनेः राजनीति समाचार पढेजस्तो होइन - 2017-11-28
मंसिर १२ नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘नयाँ मान्छेहरु खेल सिक्न’ राजनीतिमा आएकोमा आफूलाई खुसी लागेको बताएका छन्। तर ‘खेल्नु र सिक्नु’ विल्कुल फरक कुरा भएको बानेश्वरमा आयोजित चुनावी सभामा ओलीले बताए।

कांग्रेस न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहन्छ: नवराज सिलवाल - 2017-11-28
मंसिर १२ वाम गठबन्धनका तर्फबाट ललितपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले कांग्रेसले न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहेको आरोप लगाएका छन्। लगनखेलमा आयोजित चुनावी सभामा सिलवाल कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले कांग्रेसलाई देशबाटै विस्थापित गर्नुपर्ने बताए।

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेज उमेश यादव, कस्ले मार्ला बाजी? - 2017-11-28
राजविराज, मंसिर १२ सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान छन्।

निर्वाचनको मत सर्वेक्षण गरिए कारबाही हुन्छः प्रमुख निर्वाचन आयुक्त - 2017-11-27
काठमाडाै‌, मंसिर ११ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर मत सर्वेक्षण गर्न नहुने बताएका छन्।

कम्युनिस्टले बहुमत ल्याए भने अर्को चुनाव नै हुँदैनः प्रधानमन्त्री - 2017-11-27
तेह्रथुम, मंसिर ११ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने दावी गरेका छन्।

मुस्ताक आलम मेरो भान्जा होईन उ त एक जुवाडी थियो जसलाई मैले एउटा ठेकेदारको पहिचान दिएको थिए- पुर्ब मन्त्रि आलम - 2017-11-27
गौर/१०,मंशिर / आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रौतहट क्षेत्र न.२ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार मो.अफताब आलमले एक सभालाई सम्बोधन गर्दै भने, म मुस्ताक आलमको मामा नै होइन मेरो भान्जा त शेख इद्रीशको

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109382 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top