कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

बिहान ७ बजे देखि ११ बजेसम्ममा लगभग २५ प्रतिशत मतदान खसे - निर्वाचन आयोग - 2017-12-07
मंसिर २१ ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि आयोगले बताएको हो।

मतदानपछि देउवाले भने: ‘ओलीजी त अझैपनि ‘देउवाले चुनाव सार्छन्’ भनिरहनु भएको होला - 2017-12-07
डडेलधुरा, मंसिर २१ प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्।

काँग्रेस-राजपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीद्वारा ४ राउन्ड फायरिङ - 2017-12-07
सर्लाही, मंसिर २१ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा सर्लाहीमा नेपाली काँग्रेस तथा राजपा कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको छ।

राउतको घर भएको मतदान केन्द्रमा पुगेन् मतदाता - 2017-12-07
मंसिर २१ सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् ।

मतदानपछि झा - अब क्षेत्रमा समृद्धि र विकासको यात्रा सुरु भयो - 2017-12-07
रौतहट, मंसिर २१ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले निर्वाचनपछि क्षेत्रमा समृद्धि र विकासको यात्रा सुरु भएको बताएका छन्। दुर्गा भगवती गाउँपालिका वडा नं. ३ संस्कृति मावि स्थित शान्तिपुर आधारभूत प्राविबाट मतदान गरेपछि झाले यस्तो बताएका हुन्।

मतदान शुरु हुन अव ३० मिनट मात्रै बाँकि - 2017-12-07
गौर/२१,मंशिर दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान शुरु हुन अब ३० मिनट मात्रै बाँकि छ । निर्वाचनका लागी रौतहट मा सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहान

बामका भगत र भिखारी यादवलाई जिताउन मेधशी जनता आतुर - 2017-12-06
जितेन्द्र कुमार । रौतहट, २० मंसिर रौतहट सदरमुकाम गौर स्थित विकासका ठुला ठुला पुर्वाधारहरु २५ वर्ष देश चलाउने जिम्मा पाएको नेपाली काग्रेसले नगरेको प्रत्यक्ष देखन सकिन्छ, पछिलो पटक बनेको एमाले र माओवादी सरकारले नै रौतहट सदरमुकामलाई नै महेन्द्र राजमार्ग संग जोडने ४२ किलोमिटर सडक कालोपत्रे सुरुवात भएको हो ।

मतदाता रिझाउन कृष्णा यादव कुखुरा, दारु र पैसा वितरण गर्दै, प्रशासन मुक दर्शक - 2017-12-06
जितेन्द्र कुमार । रौतहट, २० मंसिर रौतहट जिल्ला क्षेत्र नं.१ मा मतदाता राजपा नेपाल तिर आकर्षित भएपछि नेपाली काग्रेस का उम्मेदवार कृष्णा यादव मतदातालाई कुखुरा, मदिरा तथा नगद रुपैया बाडदै गरेको आरोप लागेको छ । हिजो मात्रै गढी माई नगरपालिका–६ धरमपुरमा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्तामा दोहोरो भिडन्त भएकोछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110025 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top