कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

रौतहट क्षेत्र नम्बर ०१ मा अनिल झा को जित संगै नेपाली कांगेसका आफ्ताब आलम तथा बाम गठबन्धन का प्रभु साह को पनि विजय - 2017-12-10
गौर/मंशिर २४ / रौतहट क्षेत्र नम्बर ०१ मा राजपा नेपाल का अध्यक्ष मण्डल सदस्य तथा पुर्ब उद्योग मन्त्रि अनिल कुमार झा भारि मत ले बिजयी हुनु भएको छ l जनता को सेवक को रूपमा रहनु भएका झा नेपाली कांग्रेशका नेता एबम जिल्ला अध्यक्ष कृष्णा यादव लाइ

आफताव आलम १८ ह्जार ८ सय ३३ मत लियाई विजय - 2017-12-10
रौतहट, २४ मंसिर रौतहट क्षेत्र नं. २ प्रतिनिधि सभामा नेपाली काग्रेसका मो आफताव आलम १८ ह्जार ८ सय ३३ मत लियाई करिव १ हजार ९ सय ६८ मतले विजय हुनु भएको छ । निकटत्म प्रतिद्वाण्दी संघिय समाजवादी फोरम नेपालका किरण कुमार साहले १६ हजार ८ सय ६५ मत लियाई दोश्रो स्थानमा रहेको छ ।

योगेन्द्र यादव ८ हजार ९ सय ५७ मत लियाई विजय - 2017-12-10
रौतहट, २३ मंसिर रौतहट क्षेत्र नं.१ को प्रदेश सभा खबाट संंघिय समाजवादी फोरम नेपालका योगेन्द्र राय यादवले ८ हजार ९ सय ५७ मत लियाई २ सय ७८ मतिले विजय हुने भएको छ । निकटत्म प्रतिद्वाण्दी नेपाली काग्रेसका राजेश कुमार चौधरीले ८ हजार ६ सय ७९ मत लियाई दोश्रो स्थानमा रहेको छ ।

रौतहट क्षेत्र नं. १ बाट राजपाको मधेश के लाल बाबुलाल साह - 2017-12-10
रौतहट, २३ मंसिर रौतहट क्षेत्र नं. १को प्रदेश सभा 'क'बाट राष्ट्रिय जनता पार्टीका बाबुलाल साह कानु १० हजार ५ सय २४ मत लियाई ३ हजार ३ सय १४ मतिले विजय हुने भएको छ । निकटत्म प्रतिद्वाण्दी नेकपा एमालेका भिखारी प्रसाद यादव ७ हजार २ सय १० मत लियाई दोश्रो स्थानमा रहेको छ ।

रौतहट क्षेत्र नं. २ बाट किशोरी यादव विजयी - 2017-12-10
रौतहट, २३ मंसिर रौतहट क्षेत्र नं. २ प्रदेश सभा २ को ख बाट संधिय समाजवादी फोरम नेपालका उम्मेदवार राम किशोर यादवले विजय हासिल गरेका छन् । यादवले ९५२२ मत ल्याइ विजयी हासिल गरे । उनको प्रतिद्धन्द्धी बामका मनोज कुमार ७९६६ मत ल्याएर पराजित भएको छ ।

रौतहट क्षेत्र नं. १ बाट अनिल कुमार झा विजयी - 2017-12-10
रौतहट, मंसिर २३ रौतहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी(राजपा) तथा राजपा अध्यक्ष मण्डलका सदस्य उम्मेदवार अनिलकुमार झाले विजय हासिल गरेका छन् ।

रौतहट १ मा राजपाका अनिल झाको अग्रता,हरिचरण साह को शुन्य मत - 2017-12-08
रौतहट, २२ मंशिर / रौतहट क्षेत्र नं १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जसमध्ये राजपाका अनिल झा ६०५ मत ल्याएर अग्र स्थानमा छन् भने उनलाई कांग्रेसका कृष्णप्रसाद यादवले ५४० मत ल्यएर पछ्याइरहेका छन्। यहाँ वामगठबन्धन सत्यनारायण

रौतहटमा ११ बजेबाट मतगणना - 2017-12-08
रौतहट,२२ मंसिर । रौतहटमा अहिले ११ बजे बाट मत गणना हुने भएको छ । जिल्लाका सबै स्थानबाट मत पेटीका सदरमुकाम गौर पु¥याइ सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरले जानकारी दिएको छ । क्षेत्र नम्बर ०१ को सर्बदलीय बैठक बिहिबार राति नै बसी सकेको

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109411 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top