कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

अर्को निर्वाचनमा कांग्रेस पत्तासाफ हुन्छः महतो - 2017-12-15
जनकपुर मंसिर २९ राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य एवं धनुष क्षेत्र नम्बर ३ बबाट निर्वाचित सांसद राजेन्द्र महतोले मधेसी जनतामाथि कांग्रेसले डर र धम्कीको राजनीति गरिरहेको आरोप लगाएका छन्।

निर्वाचनपछि ओली र प्रचण्डको पहिलो भेट आज - 2017-12-15
मंसिर २९ वामगठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रका अध्यक्षबीच बिहिबार हुने भनिएको भेट शुक्रबारका लागि सरेको छ। दुई नेताको कार्यव्यस्तताका कारण भेट शुक्रबारका लागि सरेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जनाए। शुक्रबार दिउँसोका लागि भेट तय भएपनि समय यकिन भइनसकेको उनले बताए।

रौतहटमा समानुपातिक तर्फ कांग्रेशलाइ सब भन्दा बढी मत - 2017-12-15
रौतहट २८ मंसीर / रौतहटमा समानुपातिक तर्फको मतगणना कार्य सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौरको जुद्धउच्च माध्यमिक विद्यालयमा भएको मतगणनामा नेपाली काग्रेस लाई सबैभन्दा बढि मत परेको छ । प्रतिनिधि

विजय गच्छेदार बने अन्तिम विजेता - 2017-12-13
मंसिर २७ प्रतिनिधि सभा निर्वाचन–२०७४ को अन्तिम विजेता नेपाली कांग्रेसका विजयकुमार गच्छेदार बनेका छन्। ३ सय ११ मतान्तरले एमालेकी भगवती चौधरीलाई पराजित गर्दै गच्छेदार विजयी भएका हुन्।

२९ हजार ६ सय ७५ मत ल्याई कांग्रेसका नेता अमरेशकुमार सिंह विजयी - 2017-12-12
सर्लाही मंसिर २६ सर्लाही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ हजार ६ सय ७५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रलाई १५ सय ३९ मत अन्तरले हराए । मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका थिए ।

सुनसरी ३ मा भगवती चौधरीको अग्रता कायमै, गच्छदारभन्दा १६४ मतले अगाडि - 2017-12-12
सुनसरी मंसिर २६ विवादका कारण सोमबारदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ मा मत गणना सुरु भएको छ। मत गणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार भगवती चौधरीले मतअन्तर क्रमशः फराकिलो बनाउँदै लगेकी छन्।

सर्लाही ४ मा राजपाका राकेशभन्दा अमरेश १२ सय मतले अगाडि - 2017-12-12
सर्लाही मंसिर २६ सर्लाही ४ को प्रतिनिधिसभा सिटको जारी मतगणनामा नेपाली कांग्रेसका अमरेशकुमार सिंहले १२०८ मतको अग्रता लिएका छन्। अग्रतासँगै उनी विजयउन्मुख भएका छन्। पछिल्लो विवरणअनुसार उनले २५०१६ मत ल्याएका छन्। अमरेशलाई पच्छ्याइरहेका राजपाका उम्मेदवार राकेशकुमार मिश्रल २३८०७ मत प्राप्त गरेका छन्।

देउवाले सभापति पद नछोडे हस्तक्षेप गर्छु भन्ने अधिकार गगनलाई छैनः खाँड - 2017-12-12
काठमाडौँ मंसिर २६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले तत्काल पार्टी नेतृत्व परिवर्तन गर्न सम्भव नभएको बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाले चाहे आफैँ संसदीय दलको नेता बन्नसक्ने पनि बताए। ‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन,’ खाँडले भने, ‘पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनिछैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ।’

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109418 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top