कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा बस्दै - 2017-12-22
काठमाडौं पुस ७ राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ।

बालुवाटारमा ओली, देउवा र प्रचण्डको भेटवार्ता हुँदै - 2017-12-22
काठमाडौँ, पुस ७ राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच जारी विवादले राजनीति गतिहिन भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बोलाएका छन्।

देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतराः निधि - 2017-12-21
जनकपुर पुस ६ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको बताएका छन्। जनकपुरमा बिहीबार प्रजातन्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा आयोजित सभामा नेता निधिे चुनावमा वामपन्थी शक्तिहरुको जितले मुलुकमा कम्युनिष्ट अधिनायकवादको खतरा बढेको बताएका छन्।

२ नम्बर प्रदेशको राजधानी सर्लाहीमा - 2017-12-21
६ पुस प्रदेश दुईको राजधानी वीरगन्जमा बनाउन स्थानीयवासीले दबाब बनाइरहँदा प्रादेशिक राजधानी जनकपुरमा राख्न लबिङ भइरहेको छ । यस्तोमा प्रादेशिक राजधानीलाई विवादको विषय बन्न नदिन नयाँ ठाउँलाई प्रादेशिक राजधानीका रूपमा विकसित गर्नुपर्ने विचार बुद्धिजीवीहरूले व्यक्त गरिरहेका छन् ।

४० लाख मजदूरले देशमै रोजगारी पाएपछि मात्रै हाम्रो विजयको औचित्य पुष्टि हुन्छ - 2017-12-20
काठमाडौँ पुस ५ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचनमा वामगठबन्धनको विजय गठबन्धनका लागि मात्रै नभएर पार्टी एकताकै जनादेश भएको बताएका छन्। राष्ट्रिय सभागृहमा निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टी एकता हुनै पर्ने तर्क गरे।

हामी जीतबाट उन्मत्त हुँदैनौँ, प्रतिपक्षका साथीहरु आत्तिनुपर्दैनः माधव नेपाल - 2017-12-20
काठमाडौँ पुस ५ नेकपा एमालेका नेता माधवकुमार नेपालले जितेपछि पनि आफूहरु उन्मत्त नहुने वाचा गरेका छन्। आफूहरुले संयमता अपनाउने बताउँदै उनले प्रतिपक्षलाई नआत्तिन पनि आग्रह गरेका छन्।

मधेसवादी एक्लैले प्रदेश सरकार बनाउछ - महतो - 2017-12-19
पुस ४ मधेसी गठबन्धनका एक प्रमुख नेताले केन्द्र सरकारसँग मधेसको सम्बन्ध संविधान संशोधनमा एमालेको दृष्टिकोणमा भर पर्ने बताएका छन् । प्रदेश २ मा बहुमत ल्याएको फोरम र राजपाको गठबन्धनले प्रतिनिधिसभातर्फ २१ सिट जितेको छ । प्रदेश २ का ८ जिल्लाको प्रतिनिधिसभाको ३२ मध्ये २० सिटमा गठबन्धन विजयी भएको छ ।

चार जना रणनीतिकार लिएर रसुवा किन उडे ओली? - 2017-12-19
काठमाडौं पुस ४ चुनावी धपेडी सकेर सरकार गठनको तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक रसुवाको लाङटाङ पुगेका छन्। निर्वाचनपछि काठमाडौंमा सरकार निर्माण र एमाले माओवादी केन्द्रबीच पार्टी एकताको रस्साकसी चलिरहेका बेला आफु निकटका चार नेतासहित अध्यक्ष ओली मनाङ एयरको हेलिकोप्टरबाट मंगलबार बिहानै चीनको सिमा क्षेत्र लाङटाङ भ्याली पुगेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109359 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top