कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

ओली दिल्ली उड्नुअघि ३० सचिवको सरुवा - 2018-04-06
काठमाडौं चैत २३ सरकारले सचिवहरुको सरुवा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि बसेको मन्त्रिपरिषदको बैठकले ३० सचिवको सरुवा गरेको हो।

मेरो प्लेन विस्फोट भयो भने सिआइएलाई सोध्नूः फिलिपिनी राष्ट्रपति - 2018-04-06
चैत २३ फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिका वचनको पक्का नभएको बताउँदै सिआइए आफ्नो हत्याको षड्यन्त्रमा लागेको हुनसक्ने सुझाएका छन्।

प्रधानमन्त्री ओली नयाँदिल्लीमा, बरिष्ठ मन्त्री सिंहद्वारा स्वागत - 2018-04-06
नयाँदिल्ली चैत २३ तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली आइपुगेका छन्।

ओलीलाई स्वागत गर्न वरिष्ठ मन्त्री राजनाथ सिंह दिल्ली विमानस्थलमा - 2018-04-06
दिल्ली चैत २३ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बरिष्ठ भारतीय मन्त्रीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने दिल्लीका लागि नेपाली कार्यबाहक राजदूत भरत रेग्मीले जनाएका छन्।

भारतसँगको हाम्रो सम्बन्ध कसैले बिगार्न खोजे पनि बिग्रदैनः प्रधानमन्त्री - 2018-04-03
काठमाडौँ चैत २० प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नयाँ सम्झौताभन्दा भएका सम्झौताको कार्यान्यनका पक्षमा केन्द्रित हुने बताएका छन्।

श्वेतपत्रमा अर्थतन्त्रको यथार्थ तस्बिर आएको छः अर्थमन्त्री - 2018-04-03
काठमाडौँ चैत २० अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्बिर भएको दावी गरेका छन्।

प्रधानन्यायाधीश पराजुलीको नियुक्ती, अवकाश र राजिनामाको फाईल झिकाउन आदेश - 2018-04-01
काठमाडौं चैत १८ सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नियुक्ती, अवकाश र राजिनामा सम्बन्धी निर्णयका फाईल झिकाउने आदेश गरेको छ।

सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि - 2018-04-01
काठमाडौँ चैत १८ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109427 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top