कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन - 2017-12-31
काठमाडौँ पुस १६ निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ।

अनिश्चितता तोड्दै पाकिस्तान संसदीय निर्वाचनको कसरतमा - 2017-12-31
इश्लामावाद पुस १६ पाकिस्तानका राजनीतिक दलहरूले अर्को बर्षको जुलाईमा संसदीय निर्वाचन गर्नका लागि पूर्णतया तयारी शुरु गरेका छन्। प्रधानमन्त्री शाहिद खाकन अब्वासीले आगामी जुलाईका लागि आम निर्वाचनको तिथि तोके पछि पाकिस्तानमा संसदीय निर्वाचनका बिषयमा व्यक्त हुँदै आएका अनिश्चितता अब तोडिएको छ।

प्रचण्डले बाबुरामलाई भने, ‘फेरि आउनुस्, एकता गरौं’ - 2017-12-31
काठमाडौं पुस १६ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताका लागि पुन प्रस्ताव गरेका छन्। आइतबार विहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले भट्टराईसँग भेटका पार्टी एकताको प्रस्ताव गरेका हुन्।

राजपामा समानुपातिक सांसद विवाद: नेताले गरे मुख्यालयमा तोडफोड - 2017-12-29
पुस १४ राष्ट्रिय जनता पार्टी नेपालले जारी गरेको समानुपातिक संसदको सूचीमा विवाद भएपछि पार्टी मुख्यालय बबरमहलमा तोडफोड भएको छ। पार्टीका केहि नेताले समानुपातिक सूचिमा आफ्नो नाम नपरेको भन्दै शुक्रबार साँझ कार्यालयमा तोडफोड गरिएको हो।

सैंजु बनिन् नेमकिपाकी एक्ली समानुपातिक सांसद् - 2017-12-28
काठमाडौं १३ पुस नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

देउवाजीले नैतिकता देखाउन सक्नुभएनः नेपाल - 2017-12-25
काठमाडौँ पुस १० नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले जनमतको सम्मान गर्दै तत्काल राजीनामा दिनु पर्ने बताएका छन्। वाम गठबन्धनले काठमाडौँको थलीमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री देउवाले राजीनामा गर्नुको साटो राष्ट्रियसभा सम्बन्धी बखेडा झिकेको आरोप लगाए।

५० जिल्लाका जनप्रतिनिधिले मात्र पेश गरे सम्पत्ति विवरण - 2017-12-24
पुस ९ दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्। शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका हुन्।

माधव नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित - 2017-12-24
काठमाडौ पुस ९ पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाचौं साधारणसभाले बरिष्ठ नेता नेपाललाई पुन अध्यक्ष निर्वाचित गरेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109422 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top