कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

राष्ट्रपति-प्रधानमन्त्री भेटपछि मन्त्री परिषदको आकस्मिक बैठक - 2018-01-05
काठमाडौं पुस २१ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी मन्त्री परिषदको बैठक बोलाइएको हो। देउवाले अपरान्ह ३ बजे राष्ट्रपतिलाई भेटेका थिए।

राष्ट्रपति भेट्न शीतलनिवास पुगे आयोगका पदाधिकारी - 2018-01-04
काठमाडौँ पुस २० समानुपातिकतर्फको मत परिणामका विषयमा कुरा गर्न निर्वाचन आयोगका पदाधिकारीहरु शीतलनिवास पुगेका छन्। बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति भण्डारीलाई भेटन शीतलनिवास पुगेका हुन्।

ओली–प्रचण्ड भेटपछिमात्र एकता संयोजन समितिको बैठक - 2018-01-03
काठमाडौं पुस १९ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार साँझसम्म भेटवार्ता हुने सम्भावना बढेको छ। चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो।

छक्कबहादुरले भने, कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु - 2018-01-02
काठमाडौं पुस १८ हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताएका छन्।

ओलीको निर्वाचन खर्च २४ लाख! - 2018-01-02
काठमाडौं पुस १८ झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्। गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए।

प्रदेश प्रमुखमा स्वतन्त्र व्यक्तिहरुलाई चयन गर्ने - देउवा - 2018-01-02
काठमाडौं पुस १८ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखमा स्वतन्त्र व्यक्तिहरुलाई चयन गर्ने प्रस्ताव गर्ने भएका छन्। केही क्षणमै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग यसै विषयमा छलफल गर्दैछन्।

प्रधानमन्त्रीले सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्छः विवेकशील साझा पार्टी - 2018-01-01
काठमाडौँ पुस १७ विवेकशील साझा पार्टी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले सहजरुपमा सत्ता हस्तान्तरण प्रक्रिया अगाडि बढाउनु पर्ने बताएको छ। सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै विवेकशील साझा पार्टीले मन्त्रीपरिषद्का पछिल्ला निर्णयले सत्ताको आयु लम्बाउन खोजेको भन्दै सहज रुपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरिेको छ।

प्रमुख आयुक्तलाई वाम युवाहरुको प्रश्न : समानुपातिक मत परिणाम सार्वजनिक गर्न कसले रोक्यो? - 2018-01-01
काठमाडौँ पुस १७ निर्वाचन आयोगको सुझाव विपरित ऐन निर्माण गरिँदा निर्वाचन परिणाम घोषणा गर्न समस्या आएको दावी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले गरेका छन्। छिटो निर्वाचन परिणाम घोषणा गर्न माग गर्दै ज्ञापन पत्र दिन निर्वाचन आयोग पुगेका एमाले–माओवादी सम्बद्ध युवा–विद्यार्थी संगठनका अगुवाहरुसँग कुराकानी गर्दै यादवले यस्तो दावी गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109433 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top