कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

प्रदेश प्रमुखलाई अपराह्न शपथ गराउँदै राष्ट्रपति - 2018-01-19
५ माघ सरकारले नियुक्त गरेका सातवटै प्रदेशका प्रमुखले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयमाका अनुसार अपराह्न ३ देखि ४ बजे बीचमा उनीहरुको नियुक्ति र शपथ ग्रहण सँगसँगै गर्ने तयारी भइरहेको छ।

राष्ट्रपति-उपराष्ट्रपतिमा दोहोरिने उद्देश्य सहित राजनीतिक भेटघाट बढाउँदै भण्डारी र पुन - 2018-01-19
काठमाडौं माघ ५ संसदले पूर्णता पाएसँगै राष्ट्रप्रमुख–उपप्रमुखको पनि निर्वाचन हुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न बहानामा राजनीतिक भेटघाट तीब्र बनाएका छन्।

दीपायल र धनकुटा तनावग्रस्त, प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालय आगो लगाए - 2018-01-18
धनकुटा, माघ ४ सरकारले बुधबार प्रदेश राजधानी तोकेको विरोधमा धनकुटा र डाेटीको दीपायल तनाबग्रस्त बनेको छ। प्रदेश एकको राजधानी माग गर्दै विरोधमा उत्रिएकाहरुले धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाइदिएका छन्।

प्रदेश नं. २ को राजधानी जनकपुर तोकेको विरोधमा वीरगन्ज बन्द - 2018-01-18
वीरगन्ज माघ ४ सरकारले बुधबार दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर तोकेपछि त्यसको विरोधमा बिहीबार प्रदर्शन भएको छ। वीरगन्जको घण्टाघर माइस्थानसहित चोकहरुमा टायर बालेर बिहानैदेखि प्रदर्शन भइरहेको हो।

राजधानी बुटवल कि दाङ भन्ने झगडाले मन्त्रिपरिषद निष्कर्षविहीन - 2018-01-17
माघ ३ सत्तारूढ नेपाली काँग्रेसकै नेताहरु प्रदेश राजधानीको विषयलाई लिएर विभाजित भएपछि बिहान १० बजे बसेको मन्त्रिपरिषद निष्कर्षविहीन भएको हो। अर्को बैठक अजै दिउँसो ३ बजे बस्नेछ।

एमाले–माओवादीबीच ६०–४० को बाँडफाँटको मान्यता अब भत्किन्छ : नेम्वाङ्ग - 2018-01-17
काठमाडौं माघ ३ प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा ६०–४० प्रतिसतको आधारमा भागबण्डा गरेका एमाले–माओवादी केन्द्रले राष्ट्रिय सभाको चुनावमा चाहिँ त्यो बाँडफाँट सम्बन्धी त्यो मान्यतालाई निरन्तरता नदिने भएका छन्।

माओवादी केन्द्र एमालेको भाइ हो : प्रचण्ड - 2018-01-15
काठमाडौं माघ १ विगतमा आपसी संघर्ष भएपनि एमाले र माओवादी केन्द्र एक अर्काको पुरक भएको दावी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। यसै आधारमा माओवादी केन्द्र एमालेको भाइबन्धु भएको विश्लेषण पनि गरेका छन्।

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्छः उपराष्ट्रपति - 2018-01-15
काठमाडौँ माघ १ उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109373 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top