कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

मधेसवादी दल वाम गठबन्धनसँग मिले तुरुन्तै संविधान संशोधन हुन्छः ओली - 2018-01-26
पोखरा माघ १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले संविधान संशोधन नै नचाहेको आरोप लगाएका छन्। शुक्रबार पोखरामा सामुदायिक रेडियो प्रशारक संघको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले मधेसवादी दल वाम गठबन्धनसँग मिले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मत पुग्ने बताए।

राजपाका विद्यार्थी महासचिवसहित सयौं विद्यार्थी नेता माओवादी केन्द्रमा प्रवेश - 2018-01-26
मधेसलाई विकास र समृद्धि वाम गठबन्धनले दिन्छः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको माग सम्बोधन गर्न आफूहरु तयार रहेको बताएका छन्। शुक्रबार ललितपुरको खुमालटारस्थित आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसका माग शान्तिपूर्ण रुपमा, संविधानको दायराबाट पुरा गर्न सकिने बताए।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई गणतन्त्र दिवसको शुभकामना - 2018-01-26
काठमाडौँ माघ १२ भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन्। परराष्ट्र मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षीहरु क्रमशः राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेन्काइया नाइडु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टा छुट्टै बधाई सन्देश पठाएका हुन्।

प्रदेश सरकार निर्माणबारे आजदेखि एमाले–माओवादीले छलफल थाल्ने - 2018-01-25
माघ ११ राष्ट्रिय सभाको सिट बाँडफाँट सहज रुपमा टुङ्ग्याएका एमाले–माओवादी केन्द्रले आजदेखि प्रदेश सरकार निर्माण र मुख्यमन्त्री बाँडफाँटबारे छलफल गर्ने भएका छन्। यसका लागि आज १ बजेदेखि सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुई पार्टीको संयुक्त कार्यदलको बैठक बस्दैछ।

प्रदेश २ मा कस्ले मार्ला बाजी - 2018-01-25
माघ ११ केन्द्रभन्दा अगाडि गठन हुने भएकाले प्रदेश सरकारतर्फ राजनीतिक दलहरुको ध्यान तानिँदै गएको छ। गत आइतबार सबै प्रदेशका प्रदेश सांसदले पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि मुख्य मन्त्रीको जोडघटाउ अझ तीब्र बन्न पुगेको छ।

राजपाले छान्यो राष्ट्रियसभा सदस्यका लागि दुई उम्मेदवार - 2018-01-24
जनकपुरधाम, माघ १० राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ। राजपाले राष्ट्रियसभाका लागि उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार हुनेछन्।

राष्ट्रिय सभामा विवेकशील साझाको भोट काँग्रेसलाई - 2018-01-24
काठमाडौं माघ १० भरपर्दो वैकल्पिक राजनीतिक शक्ति मानिएको विवेकशील साझा पार्टीले राष्ट्रिय सभामा नेपाली काँग्रेसलाई सघाउने भएको छ। प्रदेश तीनबाट विवेकशील साझाका तीन प्रदेश सांसद छन्। आफ्ना उम्मेदवारले जित्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै सो पार्टीले काँग्रेसलाई समर्थन गर्ने भएको हो।

राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशमा आज मनोनयन - 2018-01-24
काठमाडौँ माघ १० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ। बिहान १० बजेदेखि दिउसो ४ बेजसम्म मनोनय दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरि जम्मा २०५६ जना मतदाता रहेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109376 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top