जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

आरजुलाई स्थापित गर्न देउवाले थाले वामगठबन्धनमा चलखेल - 2017-12-18
काठमाडौं पुस ३ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नराम्रो हारसँगै आन्तरिक दबाब बढेपछि त्यसलाई सामना गर्न र आफ्नो ‘खास मकसद’ पूरा गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वाम गठबन्धनभित्रको अन्र्तविरोधमा खेल्न सुरु गरेका छन्। देउवाले आफ्नो विश्वास पात्र मन्त्री तथा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवलाई ‘नेपाली कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको’ अभिव्यक्ति दिन लगाएर यसको प्रारम्भ गरेका हुन्।

दारु भट्टी मै आगो ताप्छन प्रहरी सहायक निरीक्षक उमाशंकर गुप्ता - 2017-12-17
रौतहट, पुस २ जिल्लाका बिभिन्न स्थानमा अबैध मदिरा उत्पादन गर्ने भट्टी निर्वाध रुपमा संचालन भएको भएपनि नियन्त्रण तर्फ प्रहरी प्रशासनले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी प्रशासनको मिलेमतोमा जिल्लाका बिभिन्न स्थानमा संचालित अबैध मदिरा उत्पादन गर्ने भट्टीका कारण दैनिक जसो गाउघरमा मारपिटका घटना समेत बढदै जान थालेको छ ।

रौतहट का बाढीपीडित परिवारलाई नयाँ घर - 2017-12-15
रौतहट २८ मंसीर / रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको आर्थिक सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

गुप्ताले भने–काग्रेसले नै आपाङ्गको समस्या सम्बोधन गर्ने - 2017-12-03
रौतहट, १७ मंसिर रौतहट सदरमुकाम गौरमा आज २६ औं अन्तर्रा्ष्ट्रिय आपाङ्ग दिवस “सबैका लागि दिगो र शान्तामुलक समाज उन्मुख रुपान्तरण” नाराका साथ आपाङ्ग दिवस मनाएका छन् । रौतहट जिल्लामा आपाङ्ग भएका व्यक्तिहरुले बिपि चौक देखि जुलुश निकालि गौर नगरपालिको परिक्रममा गर्दै राईसमिलमा कोण सभा परिणत भई विशेष कार्यक्रम गरी दिवस मनाएको छ ।

नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन् - 2017-11-28
रौतहट, १२ मंसिर सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न तथा तरकारी खरिद गर्न गौर मेरीस्टोभ प्रभु बैक नजिकको बजारमा आइपुगेका जितन सहनी टिकुलीया–४ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ७५ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो ।

लैंगिक हिँसा बिरुद्ध को १६ दिने अभियान २०७४, रौतहटमा भब्य जनचेतनामुलक र्याली - 2017-11-26
गौर /०९,मंशिर/ लैंगिक हिँसा अन्त्य को लागि सबै जुटौं कोहि नछुटौ भन्ने मूल नारा का साथ् लैंगिक हिँसा बिरुद्ध को १६ दिने अभियान २०७४ आज बाट शुरु भएको छ l १६ दिने अभियान को पहिलो दिन महिला तथा बाल बालिका कार्यालय रौतहटले धुमधामका साथ् सचेतना मुलक र्याली सम्पन्न गरेको छ l

नगरबासीले नै नगरपालिकाको धजिया उडाउदै - 2017-11-22
रौतहट, ६ मंसिर रौतहट सदरमुकाम गौर नगरपालिकाले नगर सरसफाई गर्ने भन्ने उदेश्य लिई बृहत नगर सरसफाईको योजना बनाई नगरपालिका भित्र रहेका विभिन्न स्थानका फोहरलाई उठाउने कार्य गर्दै आएको छ ।

रौतहटको चन्द्रपुरमा बाम माथि बम पडके पछि चुनाबी माहोल त्रासमय...खोई सुरक्षा ? - 2017-11-18
रौतहट, २ मंसिर रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ राधाकृष्ण मन्दिर नजिक बम विस्फोट भएको छ । वाम गठबन्धनको चुनावी सभा बाहिर शनिबार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा ७ जना घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109292 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top