जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

मत्सरीलाई नशा मुक्त वडा बनाउने अभियानको थालनी - 2017-12-25
रौतहट, पुस ९ रौतहट जिल्लाको धार्मिक स्थलको रुपमा प्रसिद्ध साविक मत्सरी गाविस हाल वडा लाई नशामुक्त वडा बनाउने अभियानको थालनी भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष डिके झाको अध्यक्षतामा दुर्गामन्दिर प्राङ्गनमा बसेको सर्वपक्षिय बैठकले मत्सरीमा नशा निषेध तथा अश्लील भोजपुरी गीत बजाउन रोग लगाएको छ ।

पत्रकार महासंघ रौतहटको नयाँ सदस्यता तथा नविकरण पुस मसान्त भित्र - 2017-12-25
जितेन्द्र कुमार । रौतहट, पुस ९ नेपाल पत्रकार महासंघ रौतहट शाखाले महासंघ आवद्ध सदस्यहरुलाई सदस्यता नविकरण गराउन आहवान गरेको छ साथै पत्रकारिता गरिरहेकाहरु महासंघ संग आवद्ध हुन चाहेका लागि नयाँ सदस्यता समेत खोलेको छ ।

रौतहटमा अवैध नागरिक समाजको हस्तक्षेप बढयो - 2017-12-24
रौतहट, पुस ९ रौतहटको सबभन्दा पुरानो विधालय श्री जुद्ध माध्यमिकि विधालयको पठन पाठन नागरिक समाज रौतहटका कारण अवरुद्ध हुने अवस्थामा पुगेको छ । श्री जुद्ध माध्यमिक विधालय गौरले आज एक विज्ञप्ति जारी गर्दै नागरिक समाज गौरका केहि व्यक्तिहरुको रवैया प्रति आफुहरु घोर भत्र्सना गर्दछौं र तत्काल गल्ती नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मेयर मेहताको मनोमानी मान्य नहुने - सांसद आलम - 2017-12-22
रौतहट, पुस ७ रौतहट जिल्ला इशनाथ नगरपालिकाका नगरप्रमुख संतोष कुमार मेहताको मनोमानी तथा जनभावना विपरीत कार्य आफु तथा नगरवासीलाई मान्य नहुने बताउनु भएको छ । रौतहट अनलाईन संग कुरा गर्दै नेता आलमले जनताको पसिनाको कमाईबाट उठने राजश्व रकमबाट मनोमानी ढंगले निर्वाचित पदाधिकारी तथा कर्मचारीले आफ्नो भोग विलासमा खर्च गर्ने गरेको निर्णयको आम जनताबाट विरोध उठिसकेको बताउनु भयो ।

वीरगञ्जसुपर ग्याँसको प्लान्टमा आगलागी हुँदा २ को मृत्यु, ३ जना घाइते - 2017-12-20
वीरगञ्ज, पुस ५ वीरगञ्जस्थित सुपर ग्याँसको प्लान्टमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ। आगलागिमा परी अरु ३ जना घाइते भएका छन्। आगलागीमा परेर ज्यान गुमाउने दुई जनाको शव फेला परेपनि परिचय नखुलेको प्रहरीले जनाएको छ।

गौर नगरपालिका वडा नं. १ को वडा भेला सम्पन्न - 2017-12-19
जितेन्द्र कुमार । रौतहट, पुस ४ गौर नगरपालिका नगरकार्यपालिकाको कार्यालय वडा नम्बर १ को वडा भेला आज मंगलवार सम्पन्न भएको छ । गौर नगरपालिकाको नगर परिषद पुस मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यका साथ आज सो भेला बसेको थियो ।

‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी शेष नारायण पौडेललाई - 2017-12-19
काठमाडौं/३ पुस / सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका

वडा अध्यक्ष साह द्धारा मदरसालाई आवश्यक सामग्री हस्तान्तरण - 2017-12-18
रौतहट, ३ पुस गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109269 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top