जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

मुस्हर बस्ति निर्माणमा सूर्योदयको आर्थिक सहयोग - 2018-01-20
रौतहट /०६,माघ / रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले धनराशी सहयोग गरेको छ ।संस्थाले मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो ।

धांगर बस्तिका बालबालिकालाई न्यानो लुगा वितरण - 2018-01-19
रौतहट ५ माघ पछिल्लो समय रौतहट जिल्लामा अत्याधिक बढेको शितलहरबाट स्थानियको जनजिवन कष्टकर बन्दै गएको छ । माघ महिनाको पहिला साता बित्न लागी सक्दा पनि रौतहटमा शितलहरको प्रकोप जारी नै रहेको छ ।

डा.गोविन्द केसी बने रौतहट पिडित जनताको सहारा - 2018-01-18
रौतहट, माघ ४ शीतलहर पिडितलाई न्यानो बाँडन तथा पिडित जनतालाई सेवा गर्न प्रा.डा. गोविन्द केसी रौतहट जनता माँझा आईपुगेका छन् ।

३५ करोड १९ लाख ४८ हजारको बजेट पारीत गर्दै मौलापुुर नपाको प्रथम अधिवेशन सम्पन्न - 2018-01-16
रौतहट २ माघ रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित बाम गठबन्धन सांसद पुुर्व शहरी विकास मन्त्री प्रभुु साहले आधुुनिक प्रविधिको प्रयोग गर्दै अगाडी बढेमा मात्र रौतहटको विकास द्रुतगती मा दौडिने बताउनुु भएको छ ।

नौलो तरिकाबाट गौर नगरपालिकाको नगर परिषद सम्पन्न - 2018-01-14
रौतहट, ३० पुस रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकाको पहिलो नगर परिषद सम्पन्न भएको छ । जिल्लाका अन्य नगरपालिकाहरुमा जारी रहेको परिषद भन्दा भिन्दै शैलीमा आयोजित गौर नगरपालिकाको नगर परिषद अन्य नगरपालिकाहरुका लागी उदाहरणीय रहेको थियो ।

ईशनाथ नगरपालिकाको परिषद सम्पन्न, पूर्व मन्त्री आलम द्धारा उद्घाटन - 2018-01-14
रौतहट, ३० पुस रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको पहिलो नगर परिषद सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर संगै टासिएर रहेको ईशनाथ नगरपालिकाले आर्थिक मसान्त ०७४÷०७५ को लागी नगरपरिषद भव्यताका साथ सम्पन्न गरेको हो ।

माटोमुक्त सडक अभियान अन्र्तगत मत्सरीमा ढलान शुरु - 2018-01-11
रौतहट, पुस २७ दुर्गा भगवती गाउँपालिका वडा नं ३ साबिक गाविस मत्सरीमा यूवा नेता डिके झा निर्वाचित भए लगतै वडामा विकास निर्माणले तिब्रता पाएको छ । मत्सरीलाई माटोमुक्त सडक बनाउने अभियान थालेका वडा अध्यक्ष डिके झाको पहलमा ६ सय मिटर सडक ढलान कार्यको आज एक कार्यक्रम बीच उदघाटन भएको छ ।

आईबीए विधालय द्धारा कम्बल वितरण - 2018-01-09
रौतहट, पुस २५ रौतहट सदरमुकाम गौर स्थित एक निजी विधालय आईबिएले बढदो चिसोलाई मध्य नजर राख्दै ३० गरिब परिवारलाई कम्बल वितरण गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109266 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top