जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

एकै सातामा १९ फरार अभियुक्त पक्राउ - 2017-05-02
महोत्तरी, बैशाख १९ । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो।

प्रचण्ड गर्मीका कारण रौतहटका जनजीवण कष्टकर - 2017-04-26
जितेन्द्र कुमार । रौतहट, १३ बैशाख । तीन चार दिनदेखि रौतहट जिल्ला लगायत विभिन्न तराईका जिल्लाहरुमा प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर भएको छ । बढ्दो गर्मीसँगै दिउँसोको समयमा लु चल्न थालेको छ ।अत्याधिक गर्मीका कारण बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने दिउँसोकोे समयमा बजारहरु बन्द हुन थालेका छन् ।

औरैयामा बैमौसमि तरकारी खेती तालिम सम्पन्न - 2017-04-16
रौतहट, २ बैशाख । बेमौसमि तरकारी खेती तालिम आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालय रौतहट गौरको सहकार्य र क्रिएटिव ग्रुप अफ नेपालको आयोजनामा संचालीत तालिमको आज एक कार्यक्रम बिच समापन गरिएको हो ।

बरिष्ठ संचारकर्मि टिबडेवाललाई तस्करको धम्की - 2017-04-13
रौतहट /३० चैत / विगत लामो समय देखि तस्करी कार्यमा संलगन तस्करले प्रभावकारी दैनिकका प्रकाशक प्रविण टिबडेवाललाई जानमार्ने धम्की दिएका छन् । आफुलाई प्रमोद जयसवाल भन्ने तस्करले ९८४५०६२४८१ नम्बरको मोबाइलबाट बुधवार साझ ७ः०५ बजेमा संचारकर्मि टिबडेवाललाई

पर्सामा गोली चल्दा एक महिला गम्भीर घाइते - 2017-04-11
विरगन्ज, चैत २९ । विरगन्ज उपमहानगरपालिका-१७ पिपरामा सोमबार मध्यरातमा गोली प्रहार भएको छ । राति करिब साढे १ बजे गोली चल्दा घरमा सुतिरहेकी २५ वर्षीया निलु पटेल गोली लागेर गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

किर्ते मुद्दामा सचिव शिवपुजन यादव थुनामा - 2017-04-09
रौतहट,२७, चैत / तत्कालिन जिल्ला बिकाश समिति रौतहटका गाबिस सचिव तथा गाबिस सचिव हकहित संरक्षण केन्द्र का अध्यक्ष ’लाई रौतहट प्रहरीले किर्ते मुद्दामा पक्राउ गरेको छ । तत्कालीन पतौरा गाविसमा

लैंगिक हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न - 2017-04-07
चंचल कुमार झा रौतहत । चैत्र २५ । महिला तथा बालबालिका कार्यालयको सहकार्य तथा जुरी नेपालको आयोजनामा लैंगिक हिंसा तथा बालविवाह न्यूनीकरण सम्बन्धी ३ दिने तालिम रौतहट जिल्लामा सम्पन्न भएको छ । मिति २०७३ सालचैत्र२२देखि २४ गते सम्मतद्अनुसार ४ देखि६ अप्रिल २०१७ सम्म रौतहटको साविकको

सुमो पल्टिँदा एकको मृत्यु - 2017-04-06
वीरगन्ज, चैत २४ । ठोरी सडक खण्डको महुवनमा बिहीबार बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109298 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top