जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

देशलाई सम्बृद्ध बनाउने काम बाम शक्तिले गर्ने - मन्त्री बिना मगर - 2018-03-29
रौतहट, १४ चैत खानेपानी मन्त्री बिना मगरले जनताको आधारभूत आवश्यक्ता पूरा गर्न बाम गठबन्धनको सरकार निर्माण भएको बताएकी छन् ।

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई रौतहटबासीको सहयोग - 2018-03-28
रौतहट, १४ चैत यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ । समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनु कुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई प्रदान गरिएको हो ।

रौतहटको चन्द्रपुरमा भिषण आगजनी - 2018-03-28
रौतहट, १४ चैत रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगजनी भएको छ । उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिव सुनिलकुमार शाहको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।

दुर्गा भगवती गाउँपालिकामा एक साता भित्र दरबन्दी अनुसारको कार्यकारी अधिकृत – मन्त्री लालबाबु पण्डित - 2018-03-27
जितेन्द्र कुमार । रौतहट, १३ चैत रौतहट दुर्गाभगवती गाउँपालिकामा दरबन्दि अनुसारको कार्यकारी अधिकृतको व्यवस्था गर्न मन्त्रालय तयार रहेको संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिले बताउनु भएको छ ।

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको नौ लाखबराबरको सामग्री बरामद - 2018-03-26
चैत १२ अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले आइतबार बरामद गरेको छ।

ब्लड बैंक संचालनका लागि नगरपालिकालाई सामग्री हस्तान्तरण - 2018-03-24
रौतहट,१० चैत नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाले संचालन गरेको ब्लड बैंकलाई व्यवस्थित बनाई सेवाको प्रभावकारिता वढाउन गौर नगरपालिका कार्यालयले विभिन्न सामाग्री खरिद गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा दरवन्दी अनुसारको कार्यकारी अधिकृत नहुँदा भ्रष्ट्राचार फस्टाउँदै - 2018-03-24
रौतहट,१० चैत रौतहटको दुर्गाभगवती गाउँपालिकाको वागडोर वडा सचिवको हातमा रहेको छ । गाउँ–गाउँमा सिंहदरवार पुर्याउने सरकारको नीति अनुसार रौतहटमा १६ वटा नगरपालिका र दुई वटा गाउँपालिका रहेको रौतहटको दुर्गाभगवती गाउँपालिका गठन भए देखि नै निमितको भरमा चल्दै आएको छ ।

सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित - 2018-03-22
लहान चैत ८ आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई निष्कासन गरिएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109267 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top