गौरमा भएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी /* - - - Script for Auto Navigation - - - */

खेलकुद

मेयर कपको दोस्रो खेलमा वडा नम्बर २ विजयी

रौतहट १३ फागुन ।


रौतहट जिल्लाको गौरमा युवा विकास केन्द्र गौरको आयोजनामा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को दोस्रो खेलमा वडा नम्बर २ को टिम विजयी भएको छ । दोस्रो खेल अन्र्तगत वडा नम्बर २ टिम र गौर नगरपालिका वडा नम्बर ९ बिच भएको

 खेलमा २ नम्बर वडाको टिमले वडा नम्बर ९ को टिमलाई ६३ रनले पराजित गरेको हो । टाँस जितेर पहिले बल्लोबाजीको निर्णय गरेको वडा नम्बर २ को टिमले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । १ सय ३६ रनको लक्ष्य पछयाउदै मैदान प्रवेश गरेको वडा नम्बर ९ को टिम १६. २ बाँलमा ७३ रन बनाउदै आफ्नो सम्पूर्ण विकेट गुमाउदा वडा नम्बर २ को टिम विजय भएको हो । वडा नम्बर २ को टिमका लागी आशिक साहले ६७ र राजन पटेलले ५३ रन बनाएका थिए भने विपक्षी टिमका २ खेलाडि लाई पवेलियन र्फकाएका आशिक साह खेलको उत्कृष्ट खेलाडि घोषणा भएका थिए ।  


बर्षाले रोक्न सकेन किशोरीहरुको उत्साह - 2017-07-11
२६,अषाढ/ आकाश बाट परि रहेको सिम सिम पानि बीच कनकपुरका किशोरी हरुले जित हात पारेको छ l यु एन एफ पी ए को सहयोग तथा महिला तथा बाल बालिका कार्यालय रौतहटको आयोजनामा गौर राइसमिल को फिल्डमा भएको भलिबल खेलमा कनकपुर

गौरमा भएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी - 2017-05-01
गौर/१८,बैशाख / अन्तररास्ट्रीय श्रमिक दिवसको अबसर पारेर आयोजना गरिएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी भएको छ । गौर नगरपालिका, नगर कार्यपालिकाको सहयोग तथा युवा बिकाश केन्द्रको आयोजनामा रौतहटको गौर स्थित राइसमिलको मैदानमा प्रतियोगिता सम्पन्न भएको छ ।

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा जापान पराजित - 2017-03-29
४ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीले जापानको फ्रेण्डस् अफ जापान टोलीलाई पराजित गरेको छ । शनिबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुग श्रेष्ठले विजयी गोल गरे ।

एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते - 2017-03-29
एजेन्सी, फागुन २०। एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते भएका छन् । गएराती डेपोर्टिभो लाकोरुनासँगको खेलका क्रममा टोरेसलाई टाउकोमा चोट लागेको हो । अस्पतालमा उपचार गराइरहेका टोरेसको अवस्था स्थिर रहेको र उनी होसमा रहेको क्लवले जनाएको छ । खेल्दाखेल्दै उपचारका लागि अस्पताल लानुपरेपनि उनलाई गम्भीर चोट नरहेको पुष्टि भएको क्लवले जनाएको छ ।

रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा लेस्टर विजयी, लिभरपुललाई हरायो - 2017-03-29
एजेन्सी, १७ फाल्गुन । बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुगेमा लियोनल मेस्सी र नेइमार फाइनल खेलका लागि बेलायत प्रवेश गर्न नपाउने सम्भावना रहेको छ ।

ब्राजिलका फुटबल खेलाडीसहित ७२ यात्रु सवार बिमान दुर्घटना - 2017-03-29
एजेन्सी, १४ मंसिर । ब्राजिलको एक स्थानीय फुटबल क्लबका खेलाडी बोकेको बिमान कोलम्बियाकोे मेडलिनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाको विस्तृत विवरण नआए पनि केही व्यक्ति जिवित रहेको सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

PREV 1 2




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111013 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top