रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
राजनिति

गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्



राजनिति   8 पटक पढिएको   काठमाडौँ संवाददाता     

काठमाडौँ जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने बताएका छन्।

गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्

सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन आग्रह गरे। ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस’, उनले भने, ‘यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन।’

निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री थापाले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए।
उनले भने, ‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस् उनीहरुलाई तत्कालै जेल हाल्छौं।’

मन्त्री थापाले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखेको थाहा भएमा कारबाही गरिने स्पष्ट पारे।

यसअघि मन्त्री, कर्मचारी देखि ठेकेदारसम्मको मिलेमतोमा यस्तो कमजोरीको हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले बिभिन्न नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गर्दै चन्दा माग्नेहरुको विवरण गृहलाई जानकारी गराउन आग्रह गरे। उनले व्यववसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत दोहो¥याए।

मन्त्री थापाले खरिद ऐनका कारण समेत निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै आवश्यकता अनुसार ऐन संसोधन गरिने समेत स्पष्ट पारे।

विकास निर्माण कमसल हुने गरेको भन्दै गृहमन्त्रीले व्यवसायीलाई भने, ‘सबैको मिलेमतोमा सिमेन्ट र बालुवा १÷३ भाग मिलाउनुपर्ने ठाउँमा १/१० भागसम्म मिलाएको भन्ने सुन्न्छि, अब त्यस्ता काम तत्काल बन्द गर्नुहोस्।’

प्रतिनिधमण्डलले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएकोमा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामाग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेको भन्दै हटाउने ध्यानाकर्षण गराएका थिए।

आवश्यकता अनुसार बालुवा, गिटी नपाईने, फलामै डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण आफूहरुले भने अनुसार काम गर्न नसकिरहेको गुनासो निर्माण व्यवसायीहरुले गृहमन्त्रीसँग राखेका थिए।

उनीहरुले गृहमन्त्रालयले ठेकेदारहरुलाई पक्राउ गर्न तयारी गरेको भनि आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न गृहमन्त्रीसँग आग्रह गरेका थिए।






सम्बन्धित शिर्षक समाचारहरु

गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस् - 2018-05-21

काठमाडौँ जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने बताएका छन्।

समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने - 2018-05-21

जेठ ७ । नेपाल समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उसले सरकार निरंकुशताको बाटोमा अघि बढेको भन्दै आन्दोलन गर्ने उद्घोष गरेको हो।

शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी - 2018-05-21

काठमाडौं जेठ ७ सरकारले निकट भविष्यमै शक्तिशाली प्रकृतिको विकास निर्माण प्राधिकरण निर्माण गर्ने भएको छ।

आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै - 2018-05-20

काठमाडौँ जेठ ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।

वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी - 2018-05-20

पोखरा जेठ ६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन्।

केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा - 2018-05-20

काठमाडौँ ६ जेठ नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा दुवै पूर्व पार्टीहरुले केन्द्रीय सदस्यको नाम टुंगो लगाउने क्रम अन्तिम चरणमा पुगेको छ।

ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु - 2018-05-18

काठमाडौं जेठ ४ रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका छन्।

जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया - 2018-05-18

रौतहट, ४ जेठ । रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखिया (चंद्रिका मुखिया) विकासको कामले रौतहटमा चर्चा परिचर्चा पाएका छन् ।

किन जाँदैछन् प्रधानमन्त्री अाेली गृहमन्त्रालय ? - 2018-05-18

काठमाडौं जेठ ४ प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि गृहमन्त्रालय जादैंछन्। माओवादी केन्द्रसँग पार्टी एकीकरणको भाेलिपल्ट प्रधानमन्त्री ओली गणतन्त्र दिवसको तयारी बैठकको जानकारी लिन गृह जान लागेका हुन्।

पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली - 2018-05-18

काठमाडौं जेठ ४ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएकोमा देशका विभिन्न ठाउँमा दीपावली गरी खुसीयाली मनाइएका छन्।

संविधान संशोधनको ग्यारेन्टी भए सरकारमा सहभागी हुन्छौँः यादव - 2018-05-17

विराटनगर जेठ ३ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारेन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन्।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183185 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top