रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव



राजनिति   3 पटक पढिएको        

काठमाडौँ जेठ ११ । राष्ट्रिय जनता पार्टी राजपाका सांसद महेन्द्र राय यादवले राजनीतिक समस्याको समधानविना मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन्।

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद यादवले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो रहेको बताएका छन्।

उनले नीति तथा कार्यक्रम सुन्दा लोकप्रिय र कर्णप्रिय लाग्नेभए पनि आधारहीन र महत्वकांक्षी रहेकोले सम्भव नहुने बताए।

‘सरकारले समृद्धिको कुरा गरेको छ, राजनीतिक समस्या समाधान नभई मुलुकको आर्थिक विकास सम्वृद्धि सम्भव छैन’, उनले भने, ‘सरकारले संविधानलाई सर्व स्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा सपना मात्र हुने उनको तर्क थियो।

नीति तथा कार्यक्रमले संघीय संरचनालाई आत्मसाथ नगरेको भन्दै उनले भने, ‘संघीयता भन्ने शब्न किन राखिएन? सभामुखलाई सम्माननीय किन लेखिएन? तराई मधेस भन्ने शब्द पनि राखिएको छैन, यसले पहिचानको समस्या सिर्जना गराउँछ।’भ

सरकारले राजनीतिक समस्या सम्बोधन नगरी लोकप्रिय सपना बांड्ने काम मात्रै गरेको उनले आरोप लगाए। उनले भने, ‘कम्युनिष्ठ पार्टी सपना बाँड्ने नै पार्टी हो । देशलाई सिंगापुर बनाउछु, जसको जोत उसको भोग भन्ने पनि कम्युनिष्ट नै हो, खै अहिले त्यो भएको?’

सरकारले जनताको तटबन्धको पैसा काटेको, तराई मधेस सम्वृद्ध सिंचाइ आयोजना काटेको दाबी गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण, वृक्षरोपण लगायतमा ठोस योजना ल्याउनुपर्नेमा जोड दिए।






सम्बन्धित शिर्षक समाचारहरु

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव - 2018-05-25

काठमाडौँ जेठ ११ । राष्ट्रिय जनता पार्टी राजपाका सांसद महेन्द्र राय यादवले राजनीतिक समस्याको समधानविना मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन्।

ओली सरकारका १०० दिन - 2018-05-25

जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पूरा भएको छ । यस अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ।

गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला - 2018-05-25

काठमाडौँ जेठ ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अधिनायकवादी चरित्र देखाउने सम्भावना बढेर गएको दावी गरेका छन्।

कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि? - 2018-05-24

काठमाडौं जेठ १० । १९ महिनामा पछि प्रधानमन्त्री भएर पुनः सिंहदरबार फर्किएका केपी शर्मा ओलीले फागुन २७ गते संघीय संसदमा विश्वासको मत माग्ने क्रममा भनेका थिए, ‘देश बन्छ, ढुक्क भएर निदाउनुहोला।

पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड - 2018-05-24

काठमाडौँ जेठ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन्।

यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी - 2018-05-23

काठमाडाै‌ जेठ ९ । नेपाल कम्युनिष्ट पार्टीमा १७ जोडी श्रीमान–श्रीमती नै केन्द्रीय सदस्य बनेका छन्। तत्कालिन एमालेबाट चार र तत्कालिन माओवादी केन्द्रबाट १३ जोडी श्रीमान–श्रीमती केन्द्रीय सदस्य बन्न सफल भएका हुन्।

प्रदेश नं २ को वर्षे अधिवेशन जेठ १३ देखि - 2018-05-23

महेन्द्रनगर जेठ ८ । प्रदेश नं २ को वर्षे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गरेका हुन्।

बालुवाटार पुगेर राजपाका नेताहरुले भने: आन्दोलनको तयारी गर्दैछौं - 2018-05-23

काबालुवाटा, जेठ ८ राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुरेर आफुहरु पुन: आन्दोलनको तयारीमा लागेको जानकारी दिएका छन्।

गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस् - 2018-05-21

काठमाडौँ जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने बताएका छन्।

समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने - 2018-05-21

जेठ ७ । नेपाल समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उसले सरकार निरंकुशताको बाटोमा अघि बढेको भन्दै आन्दोलन गर्ने उद्घोष गरेको हो।

शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी - 2018-05-21

काठमाडौं जेठ ७ सरकारले निकट भविष्यमै शक्तिशाली प्रकृतिको विकास निर्माण प्राधिकरण निर्माण गर्ने भएको छ।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188936 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top