Rautahat Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology /* - - - Script for Auto Navigation - - - */

अर्थ

कुन कुन बैंकले दिँदैछन् दशै बिदामा पनि बैंकिङ सेवा?, टिकाको दिन पनि काउन्टर खुल्ने

काठमाडौं।


दशैको बिदामा पनि बैंकहरुले बैंकिङ सेवा दिने भएका छन्। केही बैंकले बिजयादशमीको दिनमा पनि आफ्नो काउन्टर संचालन गर्ने भएका छन्। सबैभन्दा धेरै कृषि विकास बैंकका  तीस स्थानबाट सेवा सुचारु राख्ने भएको छ। अन्य बाणिज्य बैंक तथा विकास बैंकहरुले पनि आफ्नो केहि शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएका छन्।
 
नेपाल राष्ट्र बैंकले सबै बाणिज्य बैंकलार्इ आफ्नो बैंकिङ सेवा संचालन गर्न निर्देशन दिएका कारण बिदामा समेत कम्तिमा एउटा भए पनि शाखा खुला राख्न बैंकहरु बाध्य भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाहले बताए।
 
बिदाका बेला अन्य समयमा जस्तो कारोबार नहुने भए पनि नेपाल सरकारको राजस्व संकलनमा समस्या नहोस् भनेर बैंकको शाखा कार्यालय खोल्नु पर्ने भएको हो। ब्यापारिक नाकामा राजस्व संकलन गर्न समस्या नहोस् भनेर भन्सारमा रहेका बैंकका शाखाहरु खोल्नु पर्ने उनले बताए।
 
एनआर्इसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र पुल्चोक थानकोट ठमेलबाट बैंकिङ सेवा दिने भएको छ। त्यस्तै उपत्यका बाहिर धरान  भिरचैया, जनकपुर, विरगंज, पोखरा, विर्तामोड, र्इलाम, दमक, बुधबारे, धरान र विराटनगरबाट सेवा दिने बताएको छ।
कुन कुन बैंकले दिँदैछन् दशै बिदामा पनि बैंकिङ सेवा?, टिकाको दिन पनि काउन्टर खुल्ने - 2017-10-04
काठमाडौं। दशैको बिदामा पनि बैंकहरुले बैंकिङ सेवा दिने भएका छन्। केही बैंकले बिजयादशमीको दिनमा पनि आफ्नो काउन्टर संचालन गर्ने भएका छन्। सबैभन्दा धेरै कृषि विकास बैंकका

मासिक ०.९% ब्याजमै एनआइसी एसियाको घर कर्जा, गाडी र घर दुबै लिए गाडीको किस्ता अवधि २५ बर्ष - 2017-10-04
काठमाडौं।

बाढी, पहिरो र डुबानमा दश अर्ब १७ करोड बराबरको पशुधन क्षति - 2017-08-19
काठमाडौं /०२, भदौ/ सरकारले बाढी, पहिरो र डुबानमा परी दश अर्ब १७ करोड बराबरको पशुधनको क्षति भएको जनाएको छ । पशुपन्छी विकास मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० अर्ब १७ करोड ८८ लाख बराबरको पशुधन क्षतिको अनुमानित विवरण सार्वजनिक गरेको हो ।

भारतले रोकेको बुलेट १ महिनाभित्र सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन - 2017-08-19
काठमाडौं/०२, भदौ / व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली नम्बरका ग्यास बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । शुक्रवार संसद सचिवालय

राष्ट्रिय वाणिज्य बैंकको पनि नाफा ३ अर्ब माथि, २४ बैंकको नाफा ४१ अर्ब - 2017-08-18
काठमाडौं,१ भदौं / गत आव २०७३/७४ मा राष्ट्रिय वाणिज्य बैंकको नाफा ३० प्रतिशतले बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा २ अर्ब ३५ करोड रहेको थियो । यससँगै वित्तीय विवरण प्रकाशित गरेका २४ मध्ये

पाँच रुपैयाँको नयाँ नोट साउन ३१ बाट चलनचल्तिमा आउने - 2017-08-18
काठमाडौं/३० ,साउन/ नेपाल राष्ट्र बैंकले यही मंगलवारबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ । हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् । यसको सट्टामा

कृषि विकास बैक चन्द्रपुर शाखा ४ करोड नाफामा - 2017-08-16
चन्द्रनिगाहपुर/२५,साउन/ रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि विकास बैकको शाखाले आर्थिक वर्ष २०७३÷०७४ मा ३ करोड ९१ लाख नाफा गरेको छ । सोही आर्थिक वर्षमा १५ करोड ८५ लाख निक्षेप संकलन र ६९ करोड ६ लाख कर्जा लगानी गरेको छ । बैकले कृषी क्षेत्रमा ८ करोड ६५ लाख १५ हजार, माछा पालनमा ३१ लाख, उत्पादनमा ९ करोड ४३ लाख, सेवा क्षेत्रमा २ करोठ ७५ लाख र थोक तथा खुद्रा व्यापार

निर्वाचन प्रचार-प्रसारमै अर्बौं खर्च, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछ? - 2017-05-08
काठमाडौँ, २५ बैशाख । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ। प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएका कुल ४९ हजार ७१ जना उम्मेदवारको प्रचारप्रसारमा खर्च अर्बौं हुने देखिएको हो।

1 2 NEXT

पत्रपत्रिकाबाट

विचार/विश्लेषण



Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643119 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top