Rautahat Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology /* - - - Script for Auto Navigation - - - */

अन्तर्राष्ट्रिय

सरकारविरोधी प्रदर्शनमा इरानमा १० जना मारिए

एजेन्सी, पुस १७


इरानको सरकारी टेलिभिजनले आइतबार भएको सडक प्रदर्शनका क्रममा १० जनाको ज्यान गएको जनाएको छ। ‘विभिन्न सहरहरुमा गरेर आइतबार रातीको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ,’ सरकारी टेलिभिजनको भनाइ रोयटर्सले उधृत गरेको छ।


विभिन्न सहरहरुमा बिहीबारदेखि आर्थिक अवस्था, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै प्रदर्शन आयोजना भएको छ। राष्ट्रपति हसन रुहानीले प्रदर्शनको अधिकार नागरिकलाई भए पनि हिंसा फैल्याउने अधिकार नभएको बताएका छन्। उनले विदेशीको इशारामा प्रदर्शन भएको आरोप पनि लगाएका छन्।

केही प्रदर्शनकारीले देशमा राजतन्त्र फर्किनुपर्ने र अमेरिकामा निर्वासनमा रहँदै आएका पूर्व शाहका छोरा रजा पह्लवीले सत्ता सम्हाल्नुपर्ने माग राखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आन्दोलनको समर्थन गरेका छन्।

यद्यपि विश्लेषकहरुले प्रदर्शनलाई २००९ को आन्दोलनझैँ दबाइने आशंका व्यक्त गरेका छन्। सो वर्ष भएको आन्दोलनमा ३० जनाको ज्यान गएको थियो।

कतिपयले यो प्रदर्शन साउदी अरबको इशारामा भएको दाबी गरेका छन् र अझ केही आन्दोलन चर्किँदै गए मध्यपूर्वमा अर्को संकट सुरु हुने आशंका गरेका छन्।

सरकारविरोधी प्रदर्शनमा इरानमा १० जना मारिए - 2018-01-01
एजेन्सी, पुस १७ इरानको सरकारी टेलिभिजनले आइतबार भएको सडक प्रदर्शनका क्रममा १० जनाको ज्यान गएको जनाएको छ। ‘विभिन्न सहरहरुमा गरेर आइतबार रातीको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ,’ सरकारी टेलिभिजनको भनाइ रोयटर्सले उधृत गरेको छ।

रौतहटका सुवांस एनआरएन अष्ट्रेलियामा पहिलो मधेशी - 2017-12-25
प्रभाकर साह । अष्ट्रेलिया, पुस ९ गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको सल्लाहकार समिति मा पहिलो पटक मधेशी चयन भएका छन् । एनआरएन अष्ट्रेलियाको स्टेट कोअर्डिनेसन कमिटी ९एसिसि०, न्यु साउथ वेल्सको सल्लाहकार समितिमा सुवांस साह चयन भएका हुन् ।

प्योङयाङविरुद्धको नाकाबन्दी ‘युद्धको कदम’: उत्तर कोरिया - 2017-12-24
काठमाडौँ पुस ९ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भएको जनाएको छ।

जेरुसलेमबारे ट्रम्पको घोषणा विरुद्ध सुरक्षा परिषद्‌मा प्रस्ताव - 2017-12-17
पुस २ राष्ट्रसंघको सुरक्षा परिषद्‌मा एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे गरिएका निर्णय खारेज गर्नुपर्ने माग सहितको एउटा मस्यौदा प्रस्ताव पुगेको छ।

सिरियाबाट रुसी फौज फर्काउने राष्ट्रपति पुटिनको आदेश - 2017-12-11
एजेन्सी, मंसिर २५ आकस्मिक रुपमा सिरिया पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो देशबाट आफ्ना सेना फिर्ता प्रक्रिया सुरु गर्ने आदेश दिएका छन्। सोमबार बिहान अघोषित रुपमा सिरियाको लटाकिया प्रान्तस्थित रुसी सेनाको आधार शिविर पुगेका पुटिनलाई सिरियाली राष्ट्रपति बसर अल असदले पनि भेटेका थिए।

भ्रष्टाचार आरोप लागेका चिनियाँ जर्नेलले गरे आत्महत्या - 2017-11-28
मंसिर १२ भ्रष्टाचारको आशंकामा छानबीनमा परेका एक चिनियाँ जर्नेल आफ्नै घरमा मृत भेटिएका छन्। जनरल चाङ याङले २३ नोभेम्बरमा आत्महत्या गरेको सिन्ह्वाले जनाएको छ।

चीनको निन्ग्बोमा विस्फोट, दुईजनाको मृत्यु - 2017-11-26
मंसिर १० चीनको पूर्वी शहर निन्ग्बो शहरमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा दुईजनाको ज्यान गएको छ । घटनामा कम्तिमा ३० जना घाइते भएका छन् ।

भरणपोषणका लागि पूर्वपत्नीलाई दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन अदालतको आदेश - 2017-11-17
मंसिर १ इटालीको एक अदालतले पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले एक पूर्व पत्नीलाई भरणपोषणका लागि दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन आदेश दिएको छ।

1 2 3 4 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920312 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top