Rautahat Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology /* - - - Script for Auto Navigation - - - */

देश

रिक्सा दुर्घटनामा गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौँडा, कार्तिक २


मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा बिहिबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

ना.ह. ९३५१ नम्बरको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते भएका हुन्। घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्र्षीय विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन्।

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तल खोल्चामा खसेको थियो। अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेको राससले जनाएको छ। 
रिक्सा दुर्घटनामा गर्भवतीसहित दुईको अवस्था गम्भीर - 2017-10-20
हेटौँडा, कार्तिक २ मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा बिहिबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

यूरोप महिला सह–संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी - 2017-10-15
रौतहट २९ असोज गैर आवासीय नेपाली संघ एन।आर।एन।को आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी चर्चित अभिनेत्री वर्षा खडकाले यूरोपका लागि महिला सह९ संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन ।

पत्रकार भावना विद्रोहीमाथि कुटपिट गर्नेलाई कारवाही माग - 2017-09-22
काठमाडौँ, असोज ५ नेपाल पत्रकार महासंघ, काठमाडौँले पत्रकार भावना विद्रोहीमाथि बुधबार राती भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ।

धनुषामा एमालेभित्र विवाद - 2017-09-08
धनुषा, भदौ २३ उम्मेदवारको विषयलाई लिएर धनुषा एमालेमा देखिएको विवाद सतहमा आएको छ । एमाले नगर कमिटीका अध्यक्ष सहित जिल्ला कमिटीका सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि असन्तुष्ट सार्वजनिक गरेका हुन् ।

ती नक्कली ट्राफिक जसले अढाइ करोड लुटे, कहाँ पुगे? - 2017-09-05
काठमाडौं, भदौ २० ‘हामी अपराधीको नजिक नजिक पुगेका छौं, मात्र केही दिनमा अपराधीहरु प्रहरीको नियन्त्रमा आउँछन्’ अघिल्लै बर्ष तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल कैलाली पुगेर भनेका थिए, ‘अनुसन्धान सफल भइसकेको छ, तपाईँहरु यसको सत्यतथ्य जान्न प्रतीक्षा गर्नुहोला।’

१४ किलो सुनसहित सामाखुसीबाट पेम्बा दोर्जे पक्राउ - 2017-08-31
काठमाडौँ, भदौ १५ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १० किलो अवैध सुनसहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ।

आक्रमणबाट गम्भीर घाइते वडा अध्यक्ष कोइरालाको निधन - 2017-08-26
बनेपा, भदौ १० काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो।

नयाँ नेतृत्वका लागि पत्रकार महासंघको मतदान जारी - 2017-08-21
काठमाडौं, भदौ ५ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदात भइरहेको छ। काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको महासंघको २५ औं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

1 2 3 4 5 NEXT




Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643133 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top