रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
सांस्कृती/साहित्य

आज श्रीपञ्चमी, देशभर मनाइँदै



सांस्कृती/साहित्य   116 पटक पढिएको        

रौतहट /०७,माघ/ बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई आजै अक्षरारम्भ गराउने चलन छ ।

आज श्रीपञ्चमी, देशभर मनाइँदै

चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आज सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

रौतहट  जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
रौतहटको शिवनगर मन्दिर ,गौर महादेवपट्टी तथा गंगपिप्रा को शिवमन्दिर मा बिहान देखि भक्तजन को घुइचो अत्याधिक रहेको छ l












सम्बन्धित शिर्षक समाचारहरु

आज श्रीपञ्चमी, देशभर मनाइँदै - 2018-01-22

रौतहट /०७,माघ/ बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई आजै अक्षरारम्भ गराउने चलन छ ।

सरस्वतीको मूर्ति बनाउन कालिगढ व्यस्त - 2018-01-20

रौतहट /०५,माघ / सरस्वती पूजा नजिकिँदै जाँदा रौतहटका बजारमा मूर्ति व्यवसायीहरू मूर्ति बनाउन व्यस्त देखिएका छन् । माटोको मूर्ति बनाउने कुमालेहरू सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । उनीहरुले यो समयमा मूर्तिबाट

मिथिला कला लिएर काठमाडौं आइन् सुनैना (तस्बिर सहित) - 2018-01-17

२ माघ, काठमाडौ । मिथिला कलामा उदयीमान नारी कलाकार सुनैना ठाकुर मिथिला कला लिएर काठमाडौं आएकी छन् । बबरमहल स्थित आर्ट काउन्सीलमा सोमबारदेखि सुरु भएर शुक्रबार सम्म चल्ने उनको एकल कला प्रदर्शनी नेकपा माओवादी केन्द्रको वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका श्रेष्ठले सुनैनाको कलामा प्रतिभाको राम्रो अभिव्यक्ति मात्र नभएर जीवनदृष्टि पनि अभिव्यक्त भएको बताएका थिए ।

बज्जिका भाषीले मनायो विश्व भाषा दिवस विभिन्न कार्यक्रम गरी - 2017-03-29

रौतहट, १०,फागुन । भाषाको विकास नै देशको विकासको मेरुदण्ड भन्ने मुलनाराका साथ विश्व भाषा दिवस विभिन्न कार्यक्रम मनाएको छ । ग्रामिण शिक्षा विकास नेपालको आयोजनामा आज मंगलवार रौतहट जिल्लाको सदरमुकाम गौरमा विभीन्न कार्यक्रम गरि बज्जिका भाषा विकास समारोह २०७३ भव्यताका साथ मनाएको हो । विश्व मातृभाषा दिवसको अवसरमा आयोजित उक्त समारोहमा

बज्जिका भाषा विकास सामारोहको दोस्रो चरणमा बज्जिका कविता सम्पन्न - 2017-03-29

चंचल कुमार झा रौतहट । ८,फाल्गुन । बज्जिका भाषा विकास सामारोह २०७३ अन्तरगत दोस्रो चरणमा आईतवार बज्जिका कविता प्रतियोगिता सम्पन्न भएको छ । श्री ग्रामिण शिक्षा विकास नेपाल जेठरहिया रौतहटको आयोजनामा विश्व मातृ भाषा दिवसको अवसरमा यहि फाल्गुन १० गते मंगलवारका दिन हुन गईरहेको बज्जिका भाषा विकास समरोह अन्तगत भएको बज्जिका कविता प्रतियोगितामा मावि टिकुलियाका खुश्बु रजक प्रथम, मावि झुनखुनवाका राजकिशोर साह दोस्रो ,जुद्ध मावि गौरका अराध्या पटेल तृतिय तथा मावि ब्रह्मपुरीका बनवारी दास सांत्वना भएको हो ।

गौरी शंकर यादब रौतहट क्याम्पसको सहयोगमा कबडी सम्पन्न - 2017-03-29

चंचल कुमार झा रौतहट । ७,फाल्गुन । बज्जिका भाषा विकास समारोह २०७३ अन्तरगत पहिलो चरणमा आ शनिवार कवडी प्रतियोगिता सम्पन्न भएको छ । श्री ग्रामिण शिक्षा विकास नेपाल जेठरहिया रौतहटको आयोजनामा विश्व मातृ भाषा दिवसको अवसरमा यहि फाल्गुन १० गते मंगलवारका दिन हुन गईरहेको बज्जिका भाषा विकास समरोह अन्तगत भएको कबडी प्रतियोगितामा श्री जुद्ध मा .वि. गौर विजय भएका छन ।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288610 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top