रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल   
राजनिति

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत



राजनिति   103 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ २५,फाल्गुन / प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडाबासीले ‘ग्रयाण्ड’ स्वागत गरेका छन्। प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न रौतहट आएका प्रधानमन्त्री ओलीलाई बिभिन्न जिल्लाका गाउँ गाउँबाट झाँकीसहित र्‍याली गर्दै हजारौं जनताहरू कार्यक्रमस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत

प्रदेश २ का ८ जिल्लाका नेता तथा कार्यकर्ता पुगेको सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मन्चबाट पार्टी एकता केही दिनमै तल्लो तहमा आइपुग्ने बताएका छन्। रौतहटको गरुडामा आयोजित प्रदेश २ को प्रदेशस्तरीय भेलालाई सम्बोधन गदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अब पार्टी एकतामा कसैले पनि शंका नगर्न आग्रह गरेका छन्।

देशलाई समृद्ध बनाउने काम नेकपाको मात्रै भएकोले यो एकता अटुट रहने हुनाले ढुक्क भए स्थानीय तहहरूमा विकाशको लहर ल्याउने काममा सघाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

देशलाई समृद्ध बनाउनको लागि ४६ वर्ष अगाडि रौतहटबाट नै आन्दोलनको क्रममा गिरफतार भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले देशमा आमुल परिर्वतन गर्न रौतहटको भूमिको अतुलनीय योगदान रहेको बताए। अब मधेसको विकास नेकपाले मात्र गर्न सक्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘तराइ मधेस विशेष कार्यक्रमअन्तर्गत ३५२ करोड रुपैयाँ यो सरकारले विनियोजन गरेको र हुलाकी सडक पनि नेकपा कै परिकल्पना भएकोले यो सडक अर्को चुनाब आउनुभन्दा पहिले नै निमार्ण कार्य पूरा हुन्छ।’

प्रधानमन्त्री ओलीले थपे, ‘अब यो सरकार देश विकासमा लागि पर्ने छ। जसअनुसार मधेसका सदरमुकामसँग जोडिने हरेक राजमार्ग ४ लेनको बन्छ। त्यसैगरी पूर्व-पश्चिम महेन्द्र राजमार्ग पनि ४ लेनको बनाउने सरकारले लक्ष्य बोकेर हिडेको छ।'राजपालाई इंगित गदै प्रधानमन्त्री ओली भन्छन्, 'एक पटकलाई जनतालाइ झुक्काएरले मत पायौँ भन्दैमा ठूलो कुरा नगरे हुन्छ।

अबको निर्वाचनमा यो प्रदेश २ मा पनि नेकपाको बहुमतको सरकार बन्छ।’ स्वतन्त्र मधेसको नारा लगाउदै हिडने सिके राउतसमेत देशको संविधान अनुरूप आएको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘अब सबै मिलेर २१ औँ सताब्दीको देश बनाउन एकजुट भएर हिडनु पर्छ।’ प्रदेश २ को सरकारले बेटी बचाऊ ,बेटी पढाऔ भन्ने नाराको प्रशंसा गर्दै ओली भन्छन्, ‘यस्ता समाज सम्वृद्ध बनाउने अभियानहरू ल्याउनेलाई सरकारले सक्दो सहयोग गर्छ।’






सम्बन्धित शिर्षक समाचारहरु

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत - 2019-03-10

रौतहट/ २५,फाल्गुन / प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडाबासीले ‘ग्रयाण्ड’ स्वागत गरेका छन्। प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न रौतहट आएका प्रधानमन्त्री ओलीलाई बिभिन्न जिल्लाका गाउँ गाउँबाट झाँकीसहित र्‍याली गर्दै हजारौं जनताहरू कार्यक्रमस्थल पुगेका थिए।

‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल - 2019-02-22

काठमाडौं/ १०, फागुन/ भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको महीनाभित्र काठमाडौँ उपत्यकाका मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गरेकी छन् ।

मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल - 2019-02-22

चितवन/ ९, फागुन / भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले एउटै सत्तामा रहेका मेयर र उपमेयर पक्ष प्रतिपक्ष नहुने बताएकी छिन् । भरतपुर–२१ पार्वतीपुरको बहुवर्षीय आयमूलक भवन शिलान्यासमा बोल्दै दाहालले उक्त कुरा बताएकी हुन् ।

मेलम्ची रोक्न खोजेकाले सचिव सरुवा गर्नुपर्‍यो : मन्त्री मगर - 2019-02-22

काठमाडौं, १० फागुन / खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना असफल पार्ने कुनै पनि प्रयास आफ्ना लागि मान्य नभएको बताएकी छिन् । उनले मेलम्ची आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएकी हुन् ।

साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर - 2019-02-19

काठमाडौं /०७, फाल्गुन / ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएका छन्। वि.सं २००७ साल फागुन७ गते प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त - 2019-02-19

रौतहट/ ०६, फागुन / टिकुलिया बन्जरहा जोड्ने लाल बकैया नदीमा कछुवा गतिमा निर्माणाधिन पक्कि पुलको अवस्था वारे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का साँसद अनिलकुमार झाले सोमवार स्थलगत रुपमा निरीक्षण गरेका छन् ।

संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर - 2019-02-17

सिन्धुपाल्चोक/ ५ ,फागुन/ खानेपानी मन्त्री बिना मगरले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी भएकाे बताएकी छिन्।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर - 2019-02-14

काठमाडौं/०२,फाल्गुन/ खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेकी छन् ।

नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव - 2019-02-12

रौतहट/२९,माघ/ रौतहटको फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवले बहुमतको घमण्ड देखाउँदै नगर उप प्रमुख कान्ति देवी महतोले अहिलेसम्म नगरसभा हुन नदिएको आरोप लगाएका छन्।

खानेपानी मन्त्री र फिनल्याण्ड राजदूतबीच शिष्टाचार भेट - 2019-02-12

काठमाडौं /२९,माघ/ खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

खानेपानी मन्त्री बिना मगरका ११ महिना - 2019-02-12

काठमाडौं /२९,माघ/ खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत पूरा भएको जनाएको छ । पछिल्लो ११ महिनामा मेलम्चीको खानेपानी आयोजनाको कार्य तिव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ ।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2584267 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top