रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

बानेश्वरमा मतदान चलिरह्यो, शीतल निवासमा राष्ट्रपतिले निर्देशन दिइरहिन्



राजनिति   46 पटक पढिएको        

काठमाडौै फागुन २९ बानेश्वरस्थित संसद भवनमा मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पदकी प्रत्यासी कुमारी लक्ष्मी राई उपस्थित भईन्। मतदाताको रुपमा रहेका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुसँग आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउने गरी मतदान गर्न आग्रह गरिन्।

विद्यादेवी भण्डारी

तर, अर्की प्रतिस्पर्धी राष्ट्रपति विद्यादेवी भण्डारी भने आजको निर्वाचनमा संसद भवन बानेश्वरमा देखा परिनन्। कांग्रेस उम्मेदवार राईले झैं उनले निर्वाचनस्थल संसद भवन पुगेर मत माग्नु जरुरी ठानिनन्। उनी दिनभर राष्ट्रपति भवन शीतल निवासमा नै रहिन्।

‘उहाँ दुई कारणले मतदानस्थल नजानु भएको हो। एक, उहाँ अहिले पनि राष्ट्रपतिको जिम्मेवारीमा बहाल हुनुहुन्छ। राष्ट्रपतिले भोट माग्नु मर्यादित हुँदैनथ्यो। दुई, त्यहाँ गएपनि, नगएपनि उहाँको विजय सुनिश्चित जस्तै छ। त्यसैले उहाँ संसद मतदानस्थलमा नजानु भएको हो।’

भण्डारीलाई राष्ट्रपतिमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगायतका दलहरुको समर्थन प्राप्त छ। त्यसैले, उनी फेरि राष्ट्रपति निर्वाचित हुँदैछिन्। यदि विजयमा शंका नभएको भए उनी संसद भवन पुग्थिन् होला। तर त्यो अवस्था नै आइपरेन।

‘जुन पार्टीले उहाँलाई राष्ट्रपतिमा समर्थन गरेका छन्, सबैजसो पार्टीले ह्वीप जारी गरेको स्थिति थियो। त्यसैले, उहाँले मतदाताहरुलाई आफूलाई मतदान गरिदिन आग्रह गर्दै फोनसमेत गर्नुभएन’ स्रोतले भन्यो, ‘जीत निश्चित भएकाले उहाँले कुनै गतिविधि गर्नुभएन।’

त्यसो भए मतदान चलिरहँदा राष्ट्रपति भण्डारी के गरेकी थिइन् होला त? ‘राष्ट्रपतिसँग आज कुनैपनि राजनीतिक भेटघाट थिएनन्’ स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयमा केही थाति रहेका काम थिए, तिनै काम सम्पन्न गर्न सचिव लगायत अन्य कर्मचारीलाई निर्देशन दिन उहाँले आजको समय छुट्टयाउनु भएको थियो।’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486652 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top