रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा   
राजनिति

जनताको घरदैलोमा सरकार मात्र पुग्यो अब विकास पनि पुर्‍याउनुहोस्ः चन्द



राजनिति   1 पटक पढिएको        

भक्तपुर फागुन २८ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन्।

लोकेन्द्रबहादुर चन्दमध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको ३५औँ वार्षिकोत्सवको अवसरका आयोजित कार्यक्रममा उनले भने, ‘अब जनताको घरदैलोमा सरकार पुगेको छ, विकास पनि पहिलाको तुलनामा बढेको छ, अब जनताले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासलाई तीव्रता दिनुपर्छ।’

पूर्वप्रधानमन्त्री चन्दले पुरानो ढर्राको शिक्षा अब काम नलाग्ने बताउँदै विदेशमा प्रतिष्पर्धा गर्न सक्ने र स्वदेशमै पनि आफैँले केही गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए। किताबी ज्ञानले मात्रै अबको शिक्षा अगाडि नबढ्नेमा जोड दिँदै उनले संस्कृत, चरित्र निर्माण, इमान्दारिताको पाठ पनि विद्यार्थीले स्कूलबाटै सिक्नु पर्नेमा जोड दिए।

सो अवसरमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले सरकारले निजी विद्यालय बन्द गराउनेभन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेव, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, प्रिन्सिपल रत्नमान शंखदेवलगायतले निजी विद्यालयले शैक्षिक गुणस्तरलाई धानिरहेको चर्चा गरे। कार्यक्रममा विद्यार्थीलाई पुरस्कार एवं सम्मान गरिएको थियो। रासस









सम्बन्धित शिर्षक समाचारहरु
  • उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

    रौतहट/०७,फाल्गुन/ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम भएका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति एक समारोह विच वितरण गरेका छन् । मावि वगहीमा
    समाज
    44     रौतहट अनलाईन
  • मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

    रौतहट/०५ ,माघ / मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सहादत दिनलाई मधेश सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा आज सनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । बलिदानी
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2485351 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top