रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ     डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा      कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा     बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव     वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित   
देश

‘प्रेस स्वतन्त्रता हनन भए सडकमै उत्रन्छौं’ - महासंघ



देश   2 पटक पढिएको        

फाल्गुन २८ काठमाडौँ — ‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिल मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ । ‘प्रधानन्यायाधीशको अयोग्यताबारे लेखिएका समाचारलाई लिएर कान्तिपुरमाथि अवहेलना मुद्दा लगाइनु र समाचार छाप्न रोक्न प्रेस काउन्सिललाई आदेश दिइनु प्रेस स्वतन्त्रताविरुद्ध कदम हुन्,’ महासंघका महासचिव रमेश विष्टले भने, ‘अदालतले त्यही प्रकृतिको फैसला सुनाए महासंघ सडकमा उत्रन बाध्य हुनेछ ।’ प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति र प्रमाणपत्र सम्बन्धमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै दायर मुद्दाको सर्वोच्चमा सुनुवाइ जारी छ । यसअघि पराजुलीकै एकल इजलासले कान्तिपुरलाई सर्वोच्चमा झिकाउनुका साथै ‘सेन्सरसिप’ लगाउन काउन्सिललाई आदेश दिएको थियो ।

उक्त कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित हुने स्थितिमा पुगेको निचोडसहित कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन महासंघको उच्चस्तरीय टोली आइतबार कान्तिपुर कार्यालयमा आएको हो ।

‘प्रेस स्वतन्त्रता संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्रमा व्यवस्था गरिएको प्रावधान हो । यसलाई कुनै पनि न्यायाधीशको आदेशले उल्लंघन गर्न त परको कुरा, त्यसविरुद्ध संविधानमै प्रावधान भए स्वत: खारेज हुन्छ,’ महासंघका उपाध्यक्ष विपुल पोखरेलले भने, ‘प्रेस स्वतन्त्रतालाई संकुचित गरिने कुनै पनि क्रियाकलाप वा निर्णयको महासंघले खुलेर विरोध गर्नेछ । यो नेपालको संविधान र विश्वव्यापी घोषणाविरुद्ध हो ।’

पोखरेलले न्यायाधीशका चारित्रिक विषयले सिंगो अदालतको प्रतिनिधित्व गर्न नसक्ने बताए । ‘समाचारको एउटा पात्रले आफूलाई पीडित दाबी गर्दै प्रेस काउन्सिलमा उजुरी गर्न वा अदालत जान मिल्छ,’ उनले भने, ‘तर पदीय दुरुपयोग गर्दै प्रेस स्वतन्त्रता कुण्ठित पार्न मिल्दैन ।’

पराजुलीले प्रेस काउन्सिललाई दिएको ‘सेन्सरसिप’ को आदेश र लगत्तै काउन्सिलले कान्तिपुरलाई तारन्तार स्पष्टीकरण सोधेको घटनालाई गम्भीरतापूर्वक हेर्नुपर्ने महासंघको ठहर छ । ‘हामीले अदालतको क्रियाकलापसँगै काउन्सिलका गतिविधिसमेत नियालिरहेका छौं,’ महासचिव विष्टले भने, ‘प्रेस स्वतन्त्रताविरुद्ध अघि बढ्न कसैलाई दिँदैनौं ।’









सम्बन्धित शिर्षक समाचारहरु
  • पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ

    कञ्चनपुर /०६,असार/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले एक जना कर्मचारीलाई पाँच हजार घुस सहित पक्राउ गरेका छ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई अख्तियारले बुधबार घुस सहति पक्राउ
    समाज
    80    
  • डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा

    दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ ।
    बिशेष
    433     काठमाडौँ संवाददाता
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1956     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1611    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2225889 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top