रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

नेपालमै नरहेका डा भट्टराईद्वारा ओलीलाई भोट नदिने घोषणा!



राजनिति   32 पटक पढिएको        

फागुन २७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्य सबैजसो पार्टीले ओलीलाई विश्वासको मत दिने भएपनि प्रतिनिधि सभामा एक सिटमात्र रहेको नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भने ओलीको पक्षमा मतदान नगर्ने भएका छन्।

नयाँ शक्ति संयाेजक डा.बाबुराम भट्टराई । तस्विर: उत्तमबाबु श्रेष्ठ

नयाँशक्तिको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वद्वीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, सरकारबारे नयाँ शक्ति पार्टीको निर्णय भनेको सरकार छ भनी विश्वास गर्ने, तर विश्वासको मत नदिने हो। नयाँ शक्ति प्रतिपक्षी भई बस्नेछ। सरकारका कामलाई गुण र दोषका आधारमा मूल्यांकन गरी सही कामको समर्थन र गलत कामको विरोध खबरदारी गरिनेछ।

रमाइलो त के भने नयाँशक्तिले राष्ट्रिय मान्यता प्राप्त नगरेपनि भट्टराई स्वतन्त्र सांसदका हैसियतमा प्रतिनिधि सभा सदस्य छन्। नयाँशक्तिले भोट नै दिने निर्णय गरेपनि भट्टराईले ओलीको पक्षमा आज मतदान गर्न सक्दैनन्। किनभने, उनी अहिले नेपालमा छैनन्, दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियामा छन्।

मलेसियामा जारी कार्यक्रममा डा भट्टराई

साँच्चिकै ओलीको विपक्षमा मतदान गर्ने हो भने ओली नेपाल आउन सक्थे। तर, अघिल्लो हप्ता अर्काे दक्षिणपूर्वी एसियाली राष्ट्र इण्डोनेसिया पुगेका उनी हिजो मलेसिला फर्के, जहाँ उनी अहिले गैरआवासीय नेपाली संघले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भइरहेका छन्। र, त्यहीँबाट पाण्डेले भट्टराईले ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन्।

ओलीकै पक्षमा मतदान गर्न चाहेकै स्थितिमा पनि भट्टराईका लागि यो सजिलो छैन। ओलीको पक्षमा मतदान गर्नु भनेको खासमा सत्तारुढ बेञ्चमा बस्नु हो, सरकारमा जानु हो। तर, प्रतिनिधि सभामा आफूमात्र छन्, आफै प्रधानमन्त्री भइसकेको व्यक्ति सरकारमा कुरा भएन। त्यसैले, उनले प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय गरेका छन्।

जानकारी अनुसार इण्डोनेसियाबाट हिजो मलेसिया पुगेका भट्टराई आज साँझमात्र काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    35    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2367279 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top