१३३ देश सामेल रहेकाे सूचीमा यसअघि जस्तै अमेरिका पहिलाे नम्बरमा परेकाे छ। नेपालका दुइ छिमेकी चीन र भारत क्रमश: तेस्राे र चाैथाे स्थानमा परेका छन्। रसिया दाेस्राे स्थानमा छ।
नेपालभन्दा कमजाेर ३६ वटा देश रहेकाे सूचीमा उल्लेख छ। नेपालको सैन्य शक्ति विश्वका १३३ देशमध्ये तुलनामा ९७ औं स्थानमा परेको छ। छिमेकी भारत र चीन शिर्ष पाँचभित्र अँटाएका छन्।
सेनाको वर्गीकरण र विश्लेषणका आधारमा नेपाली सैनासँग हवाई सैन्य शक्ति नरहे बराबर छ तर स्थल सेनाकै भरमा नेपालको वर्गीकरण गरिएकाे हाे। नेपाली सेनासँग कूल १ लाख ५७ हजार सैन्य जनशक्ति छ। यसमा क्रियाशिल करिब ९५ हजार र ६२ हजार रिर्जव रहेका छन्।
२२ वटा सैन्य विमान र हेलिकोप्टरमा १८ वटा चालु अवस्थामा छन्। नेपाली सेनासँग १४८० बख्तरबन्द लडाकु सवारी साधन र १२० आर्टलरी रहेका छन। नेपाली सेनामा भर्ना योग्य जनशक्ति तयारी अवस्थामा ७ लाख ५० हजार रहेको छ।
याे शाेधमा परम्परागत हतियारकाे मात्र लेखाजाेखा गरिएकाे ग्लाेबल फायर पावरले जनाएकाे छ। 'यसमा परमाणु हतियारलाइ उल्लेख गरिएकाे छैन', शाेध विधि प्रस्ट्याउँदै उसले भनेकाे छ।
सूचीमा पहिलाे स्थानमा रहेकाे अमेरिकाकाे रक्षा बजेट ५८७ अर्ब डलर रहेकाे छ। चीनकाे १६१ अर्ब डलर रक्षा बजेट छ। चीनमा सक्रिय सेनाकाे संख्या करिब २२ लाख छ। रिजर्भ सेना थप १४ लाख छ। चीनसँग ३ हजार लडाकू विमान तथा साढे ६ हजार ट्यांक रहेका छन्।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |