बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन /* - - - Script for Auto Navigation - - - */

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन

एजेन्सी, १४ बैशाख ।


बलिउडका चर्चित अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिए । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार उनलाई पछिल्लो पटक मुम्वइको गिरगाउँस्थित एचएन रिलाइन्स फाउण्डेशन हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएका थिए । उनी पञ्जावको गुरुदासपुर क्षेत्रबाट भारतीय जनता पार्टीको लोकसभा सदस्य समेत थिए ।


आफ्नो करिव पाँच दशकको फिल्मी करियरमा खन्नले सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सन् ८० को दशकमा आफ्नो करियरको उच्च विन्दूमा रहेकै बेला उनले फिल्म क्षेत्रलाई छाडेर ओशो आश्रममा पुगेका थिए ।
उनले आफ्नो करियर भिलेनका रुपमा सुरु गरेका थिए । उनले खेलेका प्रमुख फिल्महरुमा 'मेरे अपने', 'इन्साफ', 'अमर, अकबर, एन्थोनीलगायत छन् ।  




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111115 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top