रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
बिशेष

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चाप बढ्यो



बिशेष   6 पटक पढिएको        

१३ बैशाख । रुपन्देहीका प्राविधिक शिक्षा अध्ययन गराउने सामुदायिक विद्यालयमा भर्नाका लागि यतिबेला विद्यार्थीको चाप बढेको छ। शिक्षा मन्त्रालयले कक्षा ९ देखि १२ सम्मका लागि विद्यालयस्तरमा प्राविधिक शिक्षातर्फ कम्प्युटर, सिभिल इन्जिनियरिङ र कृषि बाली अध्ययन गराउनका लागि अनुमति प्रदान गरेका यहाँका आधा दर्जन विद्यालयमा अहिले भर्ना हुनका लागि विद्यार्थीको भीडभाड छ।

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चाप बढ्यो


सामुदायिक विद्यालयमा नमुना विद्यालयका रुपमा चिनिएको कालिका उच्च मावि बुटवलमा कक्षा ८ पास गरेका विभिन्न विद्यालयका ५०० भन्दा बढीले कम्प्युटर इन्जिनियङका लागि पढ्न फाराम भरेका छन् ।

कक्षा ९ मा कम्प्युटर विद्यालयमा ४८ जनाको कोटा हुन्छ । फाराम भर्न अन्य विद्यालयबाट आएका विद्यार्थीको घुइँचो रहेको कालिका माविका शिक्षक युवराज कँडेलले बताए। 

कक्षा ८ पास गरेर ९ मा कम्प्युटर अध्ययन गर्न आउने जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ जिल्लाका विद्यार्थी रहेका छन् । ती जिल्लामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु कालिकामा भर्ना हुन आएका हुन्। बुटवलको अर्को सामुदायिक विद्यालय नवीन औद्योगिक माविका पनि सिभिल इन्जिनिरिङको कक्षा ९ बाट पढाइ हुने गर्छ।

नवीनमा २०० भन्दा धेरैले फाराम भरेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताउनुभयो । इन्जिनियरिङ पढाउनले विद्यालयमा ३२ जनाको कोटा हुन्छ। प्राचार्य बस्नेतले भने – 'भर्ना हुनका लागि मारामार छ । विद्यार्थी निकै टाढाका जिल्लाबाट समेत आएका छन्।'

नवीनका सिभिल इन्जिनियरिङ गरेका विद्यार्थीहरु अहिले कक्षा १२ पढ्ने ओजेटीमा पुगेका छन् । उनीहरु बुटवल, भैरहवा क्षेत्र पुल तथा सडक निर्माणस्थल पुगेका छन् ।

रुपन्देहीका अन्य कृषि विज्ञान अध्ययन गराउने सामुदायिक विद्यालयमा पनि भर्ना हुनका लागि विद्यार्थीको चापाचाप रहेको छ । यस्तै कृषि विज्ञानमा ४८ जनाको कोटा रहेको विद्यालयले जनाएका छन् । जिल्लामा तीनबाट सामुदायिक विद्यालयले कृषि विज्ञान अध्ययन गराएको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताए। 

यहाँका सामुदायिक विद्यालयलाई २०६८ सालदेखि प्राविधिक शिक्षाको सम्बन्धन प्रदान गरेको हो । ती विद्यार्थीले अहिले कक्षा १२ को परीक्षा दिइरहेका छन् । रासस





सम्बन्धित तस्बिरहरु
जापान सरकारको सहयोगमा निमार्ण भएको सामुदायिक भवन
भवन उद्घाटन कार्याक्रममा आएका एक बृद्ध एमाले नेता माधव नेपाल संग हात मिलाउदै |





सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511616 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top