रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ     रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो      रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा     भष्ट्रचारीलाई आतंकित पारेरै छोड्नुपर्छ -अख्तियार प्रमुख नवीनकुमार घिमिरे     अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त   
मनोरञ्जन

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन



मनोरञ्जन   73 पटक पढिएको        

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन


अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् ।

उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् ।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।

८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।

सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस-भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो ।

सन् २०१७ माा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म थियो ।









सम्बन्धित शिर्षक समाचारहरु
  • नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

    काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको
    राजनिति
    136    
  • पाँच वर्षमा १८ सय कम्पनी खारेज

    काठमाडौं /०५,असोज/ सरकारले चुक्ता पुँजीको ०.५ प्रतिशत रकम बुझाएर खारेजीमा जान सक्ने व्यवस्था गरेपछि चल्न नसकेका कम्पनीहरू स्वेच्छिक खारेजीमा जानेक्रम बढेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खारेजीमा जाने कम्पनीको सङ्ख्या बढेर ५ सय ३० पुगेको छ ।
    अर्थ
    3    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2335307 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top